कार्तिक-२०, भरतपुर –
भरतपुर महानगरपालिका–४ मा अवस्थित वाल्मीकि शिक्षा सदनले आयोजना गरेको नृत्य प्रतियोगिता ‘वाल्मीकि डान्सिङ स्टार सिजन–४’ को ग्रान्ड फिनाले बिहीबार सम्पन्न भएको छ।
यस शैक्षिक सत्रको सुरुवातसँगै सुरु गरिएको चौथो संस्करणमा ५०० भन्दा बढी विद्यार्थीहरूले अडिसनमा सहभागीता जनाएका थिए। तीमध्ये छनोट हुँदै अन्तिम चरणमा २८ जना प्रतियोगीहरूले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गरेका थिए।

फाइनलमा बेसिक, जुनियर र सिनियर गरी तीन तहमा प्रतियोगिता आयोजना गरिएको थियो। बेसिक लेभलतर्फ प्रिन्जल पोख्रेल, प्रिन्शु अधिकारी र येमंशु बस्नेत क्रमशः प्रथम, दितीय र तृतीय स्थानमा चयन भए। त्यसैगरी जुनियर लेभलमा प्रजिना श्रेष्ठ, मेरिका अधिकारी र सुप्रिया पाठकले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे भने सिनियर लेभलतर्फ आरती जैसी, कृति थापा र प्रज्ञा गौतम विजेता घोषित भए।

प्रथम, दितीय र तृतीयले क्रमशः रु २५००, रु १५०० र रु १००० नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताको निर्णायकमा नृत्य कोरियोग्राफर बसन्त लामा र शंकर राना रहेका थिए।

कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्य प्रदीप पौडेलले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक तथा सृजनात्मक विकासमा जोड दिइने जानकारी दिनुभयो। उहाँले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको आत्मविश्वास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

