• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

युवा व्यवसायि पन्तद्वारा उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा उम्मेदवारी घोषणा


कार्तिक १६, चितवन
उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा युवा व्यवसायि सिरीष पन्तले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पन्तले सामाजिक सन्जाल फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका हुन्। 

Advertisement

 

Advertisement

पन्तले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा नभई चितवनका सबै व्यवसायीहरूको साझा आवाजका रूपमा रहेको स्पष्ट गर्दै भने, “म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा नेतृत्व र पारदर्शी संस्थाको निर्माणका लागि तपाईंहरूको साथ माग्दैछु।”

उनले यसपटक सशक्त युवा व्यवसायीहरूको टोलीसहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, उक्त टोलीले बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राख्नेछ।

पन्तले भने, “हामी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि (आईटी) जस्ता क्षेत्रमा व्यवसाय र समाज दुवैलाई सशक्त बनाउन लक्ष्य राख्छौं।”

चितवनका विभिन्न क्षेत्रहरू— नारायणगढ, रत्ननगर, खैरहनी, राप्ती, माडी र इच्छाकामनाको उल्लेख गर्दै उनले यी सबै क्षेत्रका व्यवसायीहरूको लगानी र श्रमले चितवनको अर्थतन्त्र धानेको बताए। तर पछिल्ला वर्षहरूमा बजारहरू अव्यवस्थित र असन्तुलित बन्दै गएको बताउँदै उनले बजार सुधारका ठोस योजनाहरू प्रस्तुत गरे।

“नारायणगढ बजार आज फोहोर, पार्किङ अभाव, ट्राफिक जाम र अस्तव्यस्त फुटपाथको प्रतीक बनेको छ,” उनले भने, “स्थायी व्यवसायीले कर तिरेर पसल चलाउँदा, फुटपाथमा अनुमति बिना व्यापार गर्ने प्रवृत्तिले असमान प्रतिस्पर्धा सिर्जना गरेको छ। यो समस्या केवल नारायणगढमा होइन, सम्पूर्ण चितवनका बजारहरूमा समान रूपमा देखिएको छ।”

पन्तले स्थायी व्यवसायीको अधिकार सुरक्षित राख्दै फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने, बजार सौन्दर्यीकरण, पार्किङ विस्तार, ट्राफिक सुधार र व्यवसायी–सुरक्षा सहकार्य प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, उनले “Made in Chitwan” अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पु-याउने र पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि सार्ने बताए। संघलाई पारदर्शी, समावेशी र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले हरेक निर्णय व्यवसायीमैत्री र सहभागीमूलक ढंगले गरिने आश्वासन दिए।

युवा पुस्ताको ऊर्जासँगै अग्रजहरूको अनुभवको सम्मान गर्दै उनले भने, “अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको जोश मिलाएर मात्रै संघ सशक्त बन्न सक्छ। महिला व्यवसायी, युवा उद्यमी र सबै तहका व्यवसायीलाई नेतृत्वको अवसरका ढोका खुला गर्ने हाम्रो प्राथमिकता हुनेछ।”

पन्तले चितवन महोत्सवको पुनर्जागरण पनि आफ्नो प्राथमिकतामा रहेको बताए। उनका अनुसार, “चितवन महोत्सव कुनै समय जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक गौरवको प्रतीक थियो, तर पछिल्ला वर्षमा पारदर्शिता र उद्देश्यको अभावले यसको विश्वसनीयता घटेको छ। अब समय आएको छ महोत्सवलाई पुनः व्यवसाय, उद्योग र स्थानीय उत्पादन प्रवर्द्धनको केन्द्रका रूपमा फर्काउने।”

उनी भन्छन्, “हामीले धेरै सुनेका छौं— समस्या समाधान हुँदैन, कुरा मात्रै हुन्छ। अब त्यो समय बदलौं, हामी केवल सुन्न होइन, गर्न चाहन्छौं। हाम्रो उद्देश्य पद होइन, परिवर्तन हो।”

चितवनका व्यवसायीहरूप्रति समर्थनको अपिल गर्दै उनले भने, “अब तपाईंको मतले परिवर्तन ल्याउने समय आएको छ। तपाईंको मतदानले युवा नेतृत्वलाई सशक्त बनाउँछ, संघलाई पारदर्शी बनाउँछ, र चितवनका सबै व्यवसायीहरूको भविष्य सुरक्षित बनाउँछ।”

 उनले भने, “अब समय आएको छ हामी सबै मिलेर निर्माण गर्ने — एक पारदर्शी, सशक्त र व्यवसायमैत्री चितवन उद्योग वाणिज्य संघ।”

आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.