सृजनशील लेस्टर समाज युकेको नवौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट शिव पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
सोमबार भएको नयाँ कार्यसमिति चयन कार्यक्रमबाट उपाध्यक्षमा धनतेरी कान्छो (टिकाराम गौतम ), महासचिवमा वरुण भन्डारी, सचिवमा कृष्ण कंडेल र माया खरेल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा रिता डोटेल र हरि महर्जन चयन भएका छन् ।
पेसाले आइटी इन्जिनियर रहेका शिव पराजुलीले अध्यक्षको सपथ ग्रहणपछि आफूले लगाएको रुद्राक्ष माला समाएर भने,”म यहाँ नेताले जस्तो भाषण गर्न चाहदिनँ म जे भन्दैछु हृदयबाट बोलिरहेको छु हामी देखिने गरी काम गर्नेछौँ।”
सदस्यहरूमा सुरेन्द्र रुपाखेती,जीवन पौडेल,बिमल सापकोटा,अनिल कुमार गैरे, कुमार प्रसाद तिम्सिना,श्याम खत्री,गोमा घिमिरे, बोजराज भट्टराई, भिम सापकोटा, बिष्णु निउरे, जीवन पुडासैनी चयन भएका छन् ।
कार्यक्रम पुण्डरी प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष राजु कंडेल प्रमुख अतिथी रहनु भएको थियो। संस्थाका पुर्व अध्यक्ष दयानिधी सापकोटा , प्रेम आले मगर, बलराम चापागाईं नारायण फुयाल , सल्लाहकारहरु, आदिको उपस्थिती रहेको थियो।
इण्डियन टाउनको रूपमा चिनिएको लेस्टर सहरमा पछिल्लो समय नेपालीहरूको जनसङ्ख्या निकै बढेको छ।


