• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

लिफ्टले तानेको पानी पर्याप्त नभएपछि चितवनका किसान खडेरीको चपेटमा


८ साउन, चितवन –

Advertisement

साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि किसान पालो मिलाएर सिँचाइ गर्न बाध्य छन् ।

Advertisement

भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनका क्षेत्र नारायणी लिफ्ट सिँचाइ प्रणालीमा निर्भर छन् । खगेरी खोलामा पानी सुक्न थालेपछि नारायणी लिफ्टको पानी खगेरीको नहरमा हालेर सिँचाइ गर्नुपर्ने अवस्था आएको छ ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले हाल पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइरहेको छ । कार्यालयका प्रमुख कुलराज चालिसेले खडेरीका कारण किसानको मागअनुसार २४ घण्टा नहरमार्फत पानी छोडिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पानी परेको भए सिँचाइको माग घट्थ्यो, तर खडेरीका कारण नहर नियमित सञ्चालन गर्नुपरेको छ । नदीमा बेला–बेलामा लेदो आउँदा पम्पमा समस्या आउने गरे पनि सिँचाइ सेवा निरन्तर छ ।”

प्रमुख चालिसेले खगेरी खोलामा पानी सुकेको अवस्थामा नारायणी लिफ्टको पानी खगेरीको नहरमार्फत पठाइएको बताउनुभयो । ‘बी’ क्यानालको उपशाखा नहरमध्ये बीएल–६ बाट खगेरीको मूल नहरमा पानी पठाउन थालिएको उहाँले जानकारी दिनुभयो ।

नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ । उक्त क्षेत्रमा ९० प्रतिशत रोपाइ सम्पन्न भइसकेको छ । खगेरी सिँचाइले तीन हजार ९०० हेक्टर क्षेत्रमा सेवा पु¥याउँदै आएको छ ।

“सारदानगर, शिवनगर, पार्वतीपुर, जयनगरलगायतका क्षेत्रमा रोपाइमा समस्या देखिएको छ,” उहाँले भन्नुभयो, “खडेरीका कारण खगेरी सिँचाइ अन्तर्गत हालसम्म ७० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ ।”

गत असार १० गतेदेखि नारायणी लिफ्टबाट सिँचाइका लागि पानी छोडिँदै आएको हो । भूमिगत सिँचाइसँग संयोजन गर्दै सतह सिँचाइ गरिएको किसानका लागि उपयोगी देखिएको उहाँको भनाइ छ ।

नारायणी लिफ्टमा तीन वटा क्यानाल छन् ‘ए’ क्यानाल (५ सय मिटर), ‘बी’ क्यानाल (१९ किमी), र ‘सी’ क्यानाल (१६.५ किमी) रहेको छ । । ‘बी’ नहर यज्ञपुरी, नारायणपुर, तोरीखेत हुँदै फूलबारीसम्म पुग्छ भने ‘सी’ नहर बसेनी, गोन्द्राङ, बन्देवी, काँडाघारी, गौरीगञ्ज क्षेत्रको सिँचाइमा प्रयोग हुँदै आएको छ । खगेरी खोलाबाट देवनगर, गीतानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुँदै आएको छ ।

भरतपुर–१ मा रहेको जोरकुसुम उद्यान नजिकै नारायणी नदीबाट पानी तानेर मुख्य नहरमार्फत सिँचाइ गरिन्छ । हाल रत्ननगरस्थित खगेरी खोलाबाट बिसहजारी ताल हुँदै आउने खगेरी सिँचाइ आयोजनामा पानी सुक्दै गएको छ । त्यसपछि राधापुरदेखि नारायणी लिफ्टको पानी खगेरीमा मिसाएर मङ्गलबारदेखि कमाण्ड क्षेत्रमा पठाउन थालिएको हो ।

पश्चिम चितवनका किसान एवम् खगेरी सिँचाइ आयोजनाका उपाध्यक्ष खिलराज रेग्मीले खडेरीका कारण आकाशे पानी कुरेर धान रोप्नुपर्ने बाध्यता आएको बताउनुभयो । “खोलामा पानी सुक्यो । खडेरीका कारण धान रोप्न पाइएन,” रेग्मीले भन्नुभयो, “नारायणी लिफ्टको पानी आएपछि केही राहत मिलेको छ, तर नहरमा पनि पानीको मात्रा पर्याप्त छैन ।”

किसानले आलो पालो पालना गरे पनि समयमा पर्याप्त पानी नपाइरहेको गुनासो गर्ने गरेको उहाँले बताउनुभयो ।

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि समितिको निर्णयअनुसार खगेरीमा पानी पठाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सतह सिँचाइको क्षेत्रमा खडेरीका कारण रोपिएका रोपो समेत सुक्न थालेका छन् ।”

जिल्लामा हालसम्म ८७।६० प्रतिशत रोपाइ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार अधिकांश पालिकामा रोपाइ सकिए पनि भरतपुर महानगरको पश्चिम क्षेत्रमा अझै रोपाइ बाँकी रहेको छ । खडेरीको असरले कतिपय ठाउँमा रोपिएका धानसमेत सुक्नथालेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार भूमिगत सिँचाइले धान रोपाइमा राहत दिएको छ । तर हाल ट्युबवेल सञ्चालनका लागि दिउँसो आवश्यक पर्ने विद्युत् भोल्टेज नपुग्ने समस्या देखिएको छ, यसका कारण किसान रातिको समयमा मात्र सिँचाइ गर्न बाध्य भएका छन् ।

उहाँका अनुसार सतह सिँचाइका नहरमार्फत बग्ने पानीले भूमिगत जलस्रोत पुनःभरिने (रिचार्ज हुने) भएकाले सतह सिँचाइको प्रभाव भूमिगत सिँचाइमा पनि देखिएको छ । यस संयोजनात्मक सिँचाइ पद्धतिले खडेरीका बेलामा राहत पु¥याएको उहाँको भनाइ छ । रासस

बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.