साउन ५, चितवन –
विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीका लागि चितवनमा भोलि विशेष अवसर जुटेको छ। एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, चितवनद्वारा आयोजना गरिएको ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन एक्सपो’ मा ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरू सँग प्रत्यक्ष भेटघाट गर्न पाइने भएको छ।
भरतपुर–१० स्थित एक्सपर्ट बेस क्याम्पमा हुने मेला साउन ६ गते, मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका प्रतिष्ठित शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मेला ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी हुने बताएका छन्। उनका अनुसार विद्यार्थीहरूले युनिभर्सिटी प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गरी भर्ना प्रक्रिया, भिजा सम्बन्धी परामर्श, कोर्ष छनोट तथा स्कलरशिप जस्ता विषयमा आधिकारिक जानकारी लिन सक्नेछन्।
“युनिभर्सिटीका प्रतिनिधिबाट प्रत्यक्ष लिइएको जानकारी विश्वसनीय र प्रभावकारी हुने भएकाले उपस्थित भई यो अवसरको सदुपयोग गर्न हामी आग्रह गर्छौं,” – उनले भने।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले २१ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्य गर्दै आएको छ। यस संस्थाबाट अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविद्यालयहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श दिइँदै आएको छ। साथै, आईईएलटीएस, पीटीई र स्याट जस्ता भाषा परीक्षाको तयारी कक्षा समेत यहाँ सञ्चालन हुँदै आएका छन्।
मेलामा सहभागी हुन चाहने विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र, पासपोर्ट र अन्य आवश्यक कागजात साथमा लिएर आउन आयोजकले अनुरोध गरेका छन्।

