भरतपुर- अखिल (क्रन्तिकारी) बालकुमारी कलेज मुल इकाई समितीद्वारा बालकुमारी कलेजमा विगत केहि समय यता भएका विकृति, विसंगति बारे मौखिक रुपमा प्रशासनलाई जानकारी गराए पनि क्याम्पस प्रशासनले विद्यार्थीहरुका जायज मागहरु प्रति ध्यान नदिएको भन्दै क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ ।
अखिल (क्रान्तिकारी) बालकुमारी कलेज मूल इकाईका संयोजक सचिन जंग भट्टद्वारा जारी विज्ञप्तिमा कलेजमा भएको बैंकको सेवा विद्यार्थीलाई भित्रै बाट गरिनु पर्ने, विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकहरुलाई डिजिटल प्रवेश कार्ड अनिवार्य गर्नुपर्ने, विभिन चरणमा अखिल (क्रान्तिकारी र वालकुमारी क्याम्पस विच भएका सहमतीहरु कार्यन्वयन हुनुपर्ने लगायतका मागहरु रहेका छन् ।
विज्ञप्तिमा विद्यार्थीहरुको उचित मागलाई व्यवस्था नगरे आन्दोलनमा उर्तनको लागि आफूहरु बाध्य हुने उल्लेख गरिएको छ । विद्यार्थीहरुको माग पूरा पुरा नभएसम्म कलेज प्रसाशन, क्याम्पम प्रमुख र साहायक क्याम्पसको कक्षा कोठामा तालाबन्दी गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।

