असार १४, चितवन
भरतपुर – १० चितवनमा रहेको अरोमा इंग्लिस सेकेन्डरी स्कुलले यस वर्षको इसईई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। परीक्षामा सहभागी भएका ६० जना मध्य १९ जना विद्यार्थीहरूले ३.६ जिपिए माथि ल्याएका छन्। साथै १६ जनाले ३.२ माथि जीपिए, १६ जनालेनै २.४ जिपए माथि र ९ जना विद्यार्थीहरूले २ भन्दा माथि जिपए प्राप्त गर्न सफल भएको विद्यालयका प्राचार्य शेर बहादुर क्षेत्रीले जानकारी दिनु भयो।
आरोमा इंग्लिस सेकेन्डरी स्कुलका छात्र निर्देश आचार्यले भने ४ जिपीए प्राप्त गरेका छन्। निर्देश पढाईमा निकै अब्बल रहेका तथा उनले यस अघि पनि विद्यालयले लिँदै आइरहेको परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउने गरेको प्राचार्य क्षेत्रीले बताउनु भयो।
“विद्यार्थीहरूको कडा मेहेनत, शिक्षकहरुको समर्पण र अभिवाभकहरुको विश्वासले यो नजिता प्राप्त गर्न सकिएको “, प्राचार्य क्षेत्रीले भन्नु भयो।
उहाँले उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको शुभकामना समेत व्यक्त गर्नु भयो।


