चितवन- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी, र लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघ र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी (बहुमत),को संयुक्त आयोजनामा हिजो राष्ट्रिय मावि चौकी र राष्ट्रिय आधारभूत मावि ढोडेनीमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भयो।
शैक्षिक अधिकारलाई मौलिक हकको रूपमा स्थापित गर्नुपर्ने विश्वासका साथ सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो। कार्यक्रमले वर्गीय शिक्षाको खाडललाई चिर्दै जनपक्षीय शिक्षा आन्दोलनलाई सबल तुल्याउने उद्देश्य लिएको छ।
Advertisement
संगठनका नेताहरूले राज्यद्वारा बेवास्ता गरिएका ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै यस प्रकारको पहल निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका थिए।

