• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

अभिषेक अधिकारी: नयाँ सोचका युवा, जसले गाउँमै दिगो खेती र प्रविधिको सँगम गराए


मकवानपुर – मकवानपुरको मनहरीका २१ वर्षका अभिषेक अधिकारीले विदेश जान सक्ने थुप्रै अवसर हुँदाहुँदै पनि आफ्नै गाउँ फर्केर परम्परागत खेतीलाई नयाँ जीवन दिन चाहेका छन्। उनी प्रविधि विशेषज्ञ र युवा कृषक हुन् जसले परम्परागत खेतीलाई आधुनिक र जैविक कृषि प्रणालीसँग जोड्दै जीवनका धेरै परिवारहरूलाई आशा र रोजगारी दिएका छन्।
हेटौंडा स्थित स्कूल अफ म्यानेजमेन्टबाट BCA गर्दै गरेका अभिषेक प्रविधि क्षेत्रमा १५०० भन्दा बढी विद्यार्थीलाई निःशुल्क तालिम दिएका UI/UX डिजाइनर तथा प्रशिक्षक हुन्। पाँचभन्दा बढी स्टार्टअपमा सक्रिय योगदान गरेका उनी युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने अभियानमा अगाडि छन्। तर सबैभन्दा ठूलो कुरा हो — उनले आफूले सिकेको प्रविधिलाई आफ्नै गाउँ र खेतीसँग जोडेर यहाँको जीवनस्तर उकास्न प्रयास गरिरहेका छन्।

हिमालय कृषि फार्मः नयाँ सोचले भरिएको परम्परा
अभिषेकले आफ्ना हजुरबाको जमिनमा स्थापना गरेको हिमालय कृषि फार्म करिब २०० गथा जमिनमा फैलिएको छ। १०० गथा तरकारी खेतीका लागि र बाँकी १०० गथा घाँस (फोड्डा) खेतीका लागि छुट्टाइएको छ। यहाँ १५० भन्दा बढी मुर्रा भैँसी पालन गरिन्छ, जसमा दैनिक ४०० लिटर दूध उत्पादन हुन्छ र यसको फ्याट स्तर ७% भन्दा माथि रहेको छ। स्थानीय बजारमा यस्तो गुणस्तर धेरै दुर्लभ छ।
यो फार्म पूर्ण रूपमा जैविक विधि प्रयोग गरेर चलाइएको छ। गोबर र भैँसी पिसाबलाई ४ किलोमिटर लामो पाइपिङ प्रणालीबाट खेतसम्म पुर्याएर जैविक मलको रूपमा प्रयोग गरिएको छ, जसले रासायनिक मलको प्रयोगमा ९५% कटौती गरेको छ। यसले माटोको गुणस्तर सुधार गरेको छ, लागत घटाएको छ र वातावरण संरक्षणमा समेत ठूलो योगदान पुर्‍याएको छ।

बैंकिङ र लगानीमा चुनौतीहरू
तर सफलताको यात्रा सजिलो थिएन। अभिषेक भन्छन्, “१० वर्ष पुराना काठका गोठलाई बैंकले ऋणको आधार मानेन, काठको गोठलाई गोठ ठान्दैन।” बैंकहरूले कृषिलाई जोखिमयुक्त क्षेत्र मानेर सजिलो ऋण नदिँदा कृषकहरूलाई ठूलो समस्या परेको छ।
उनको भनाइमा “अहिले त कृषि बैंकबाट ऋण लिनुभन्दा गाडी किन्ने सजिलो र सस्तो भएको छ।” यसले कृषकहरूको विकासलाई बाधा पुर्‍याएको छ र लगानीका लागि सहजीकरण आवश्यक छ।
सामाजिक प्रभाव: ५६ परिवारलाई अप्रत्यक्ष रोजगारी, १० करोडभन्दा बढी आर्थिक योगदान
अभिषेकको फार्मले धेरै मात्रामा रोजगारी सिर्जना गरेको छ — केवल प्रत्यक्ष नभई अप्रत्यक्ष रूपमा पनि। एक अनुसन्धान अनुसार, हिमालय कृषि फार्मले करिब ५६ परिवारलाई अप्रत्यक्ष रोजगार दिएको छ। यसको मतलब हो, कृषिसँग सम्बन्धित सेवा, आपूर्ति, र व्यापारमा समेत थुप्रै परिवारहरू यससँग जोडिएका छन्।
फार्मले समाजलाई १० करोडभन्दा बढी आर्थिक योगदान गरेको छ, जसले गाउँका आर्थिक र सामाजिक जीवनमा ठूलो सकारात्मक प्रभाव पारेको छ। युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उनको अभियानले गाउँमा नयाँ ऊर्जा भरेको छ।
भविष्यका योजना र अभिव्यक्ति
“मैले विदेश जाने अवसर पाएँ, तर मैले आफ्नै देशको माटोमा भविष्य देखेँ,” अभिषेक भन्छन्। उनी भविष्यमा हिमालय कृषि फार्मलाई एउटा आधुनिक अनुसन्धान र तालिम केन्द्र बनाउने सोचमा छन्, जहाँ नयाँ पुस्तालाई जैविक खेती र प्रविधिमा प्रशिक्षित गरी स्वरोजगारका अवसरहरू बढाइनेछ।
उनको वेबसाइट www.krishihimalaya.com ले कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्दै जैविक कृषि प्रवर्द्धन गर्ने काम गरिरहेको छ।
अन्तिम विचारः सोच्नुपर्ने एउटा सन्देश
गोबर चलाउने बुद्धि भए पनि, गोबर जस्तो उत्पादन गर्न नसके कसरी सम्भव? यत्रो लगानी गरेको भए थाहा पाउँथे, यस्तो सक्षम व्यक्तिलाई कम्पनीमा उच्च पद दिनु पर्दथ्यो।
यो युगमा भैँसी पालन गर्ने पेसालाई अब सिर्फ पशुपालन नभएर समाजलाई सेवा गर्ने ठूलो पेशाका रूपमा हेरिनुपर्छ। भैँसी पालन गर्नेको परिवारका सदस्यहरूको प्रतिष्ठा र सुरक्षा पनि सुनिश्चित गर्न आवश्यक छ।
अभिषेक अधिकारी जस्ता युवाहरूले परम्परागत खेतीलाई नयाँ दिशामा लिएर गएका छन्, जसले हाम्रो कृषि र समाजलाई उज्यालो बनाउने बाटो देखाएका छन्।

Advertisement

Advertisement

शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.