• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुर महानगरको पुँजीगत खर्च ३४ प्रतिशत, चालु ५८ प्रतिशत


चितवन – चितवनको भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा पुँजीगत खर्च ३४ प्रतिशत र चालु खर्च ५८ प्रतिशत मात्रै भएको छ ।

Advertisement

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले दिएको जानकारी अनुसार वैशाख मसान्तसम्म चालु आवको संशोधित पुँजीगत खर्चका लागि विनियोजन गरिएको २ अर्ब ७२ करोड ४७ लाख ८० हजारको ३४ प्रतिशत मात्रै पुँजीगत र २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार ९ सयको ५८ प्रतिशत चालु खर्च भएको हो । गत वर्ष यही अवधिमा पुँजीगत खर्च २९ प्रतिशत र चालु खर्च ५७ प्रतिशत भएको थियो । गत आर्थिक वर्ष महानगरपालिकाको पुँजीगत खर्च ५६ प्रतिशत र चालु खर्च ८६ प्रतिशत भएको थियो ।

Advertisement

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुँजीगत खर्च चालु आवमा ७० प्रतिशत पुग्ने अपेक्षा गरिएको बताइन् । ‘फिल्डमा काम भैरहेको छ, भुक्तानी नभएको कारणले पुँजीगत खर्च नबढेको जस्तो देखिएको हो’ नगर प्रमुख दाहालले भनिन्, ‘सबै भुक्तानी दिँदासम्म पुँजीगत खर्च बढेर जान्छ ।’ उनले विगतमा भन्दा पुँजीगत खर्च बढाउने प्रयास गरिएको बताइन् । पहिलो चौमासिकमा लागत इष्टिमेट, दोस्रो चौमासिकमा टेण्डर र सम्झौता र कामको तयारी गर्नुपर्नेमा सधैं अनेक कारणले ढिला हुने र गर्ने चलन रहेको नगरप्रमुख दाहालले बताइन् । बर्खा लागेपछि काम सक्ने र हतार गर्ने आम प्रवृतिमा सुधार अझै नभएको उनको धारणा छ । ‘हामीले यसलाई सच्चाउन त प्रयास गरेका छौं, तर अझै पूर्णरुपमा सकिएको छैन’ नगर प्रमुख दाहालले भनिन्, ‘यो कानुनी समस्या भन्दा पनि प्रवृत्तिगत र व्यवहारिक समस्या हो । यसलाई तोड्ने कोसिस जारी छ ।’

१ अर्ब ८० करोडको राजश्व उठाउन मुस्किल

भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म ९९ करोड ८४ लाख ५८ हजार ४ सय ४२ रुपैयाँ राजश्व उठाइसकेको छ ।

चालु आवको बाँकी दुई महिनामा ८० करोड मध्ये ५० करोड राजश्व उठाउने लक्ष्यका साथ काम भैरहेको उपनिर्देशक अर्यालले जानकारी दिए । महानगरपालिकाले राजश्व उठाउन ठूला करदाता युनिट पनि गठन गरेको छ ।

मालपोत कार्यालय चनौली र भरतपुर महानगरपालिकाबाट ७८ करोड राजश्व आउनुपर्नेमा हालसम्म ३८ करोड आएको र बाँकी रकम आउन बाँकी रहेको उपनिर्देशक अर्यालले जानकारी दिए ।

गत वर्ष यही अवधिमा ९६ करोड २ लाख ७३ हजार राजश्व संकलन भएको थियो । चालु वर्षमा ढुंगा, गिट्टी र बालुवाको ३ करोड, विभिन्न धरौटी तथा जमानत जफत वापतको रकम पनि राजश्व खातामा दाखिला गर्न बाँकी रहेकाले राजश्व बढ्ने उपनिर्देशक अर्यालले बताए ।

२९ वडा रहेको भरतपुर महानगरपालिकामा सबैभन्दा बढी राजश्व उठ्ने वडा नं. ३ हो । नारायणगढ बजार क्षेत्रसमेत पर्ने यो वडाले वार्षिक ३ करोड ५० लाख भन्दा बढी राजश्व उठाउँछ । त्यसपछि दोस्रोमा वडा नं. १० र तेस्रोमा वडा नं. १ रहेका छन् । सबैभन्दा कम राजश्व वडा नं. २४ ले उठाउने गरेको छ ।

सूत्रका आधारमा वडालाई बजेट दिइने

भरतपुर महानगरपालिकाले गत वर्षदेखि विभिन्न सूचकहरुलाई समेटेको आन्तरिक मूल्याङ्कन सूत्रका आधारमा वडाहरुमा बजेट पठाउने गरेको छ । चालु आर्थिक वर्षमा ८ वटा सूचकका आधारमा बजेट विनियोजन गरिएको र आगामी वर्षमा पनि सोही आधारमा नै हुने महानगरपालिकाका उपनिर्देशक अर्यालले जानकारी दिए ।

हरेक वडालाई न्यूनतम बजेटको सिलिङ राखेर त्यसभन्दा बढी बजेट सूत्रका आधारमा दिइने नियम बनाइएको छ । राजश्व उठाउन गरेको प्रयास, पुँजीगत खर्च, पुँजीगत विनियोजन, शिक्षा, हरियाली तथा वातावरण, असल अभ्यास जस्ता सूचकहरूका आधारमा वडालाई बजेट विनियोजन गर्न थालिएको छ ।

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.