काठमाडौं – सेयरबजार परिसूचक नेप्से खुलेको ४ मिनेटमै ८३ अंकले बढेको छ। नेपाल राष्ट्र बैंकको गभर्नर विश्वनाथ पौडेल बनेपछि सेयरबजारमा उछाल आएको हो।
यो खबर तयार पार्दासम्म नेप्से २७६१ अंकमा छ भने कारोबार पनि ४ मिनेटमा ७३ करोडको भएको छ।कारोबार थोरै भए पनि लगानीकर्ताले पौडेल गभर्नरमा आउँदा बजार बढ्ने आकलनसहित सेयर माग बढाउँदा त्यसले सूचकमा उछाल आएको हो।
Advertisement
सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई मंगलबार मात्र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।

