चितवन । भरतपुरमा आज देखि निःशुल्क तिन दिने सेल्फ मेकअप तालिम संचालन भएको छ । स्पन्दन नेपालको आयोजना र भरतपुर महानगरपालिका वडा नं.१० को आर्थीक सहयोगमा तालिम संचालन गरिएको हो । आज (शनिबार) देखि सुरु भएको तालिम सोमबार सम्म संचालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष प्रमेश्वर खनालले महिला दिदिबहिनिहरुलाई सो शृंगार आवश्यक रहेको बताउदै तिन दिने तालिम अपुग भएको खण्डमा आफुले थप सहयोग गर्ने बताएका छन् ।
Advertisement
महिलाले आफ्नो लागी समय दिन नसकेको र शृंगारले थप आत्मबल बढाउने भन्दै सो तालिम संचालन गरिएको स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले बताइन ।
पपुलर युनिसेक्स सैलुन सि.जी ल्यान्डमार्कका संचालित तालिममा ५० भन्दा बढि महिला दिदिबहिनिहरुको सहभागिता रहेको थियो ।-


