वैशाख २१, चितवन।
भरतपुर ९ मा रहेको प्रिमियर टेनिस एकेडेमीका चार जना प्रशिक्षार्थीहरु तेस्रो मण्डीकाटार जूनियर ओपन टेनिस टुर्नामेन्टका लागि छनोट भएका छन्।
छनोट हुनेमा आठ वर्ष उमेर मुनिका सक्षम अर्याल तथा दस वर्ष मुनि उमेरका कुन्सेल वाईबा तामाङ, रितिका गुरुङ र जस्मिन गाहा मगर रहेको प्रिमियर टेनिस एकेडेमीका सञ्चालक कुमार जंग क्षेत्रीले जानकारी दिए।
Advertisement
टुर्नामेन्ट वैशाख २२ गतेदेखि २७ गते सम्म आयोजना हुँदै छ।

