भरतपुर – सरल नेपाल सस्था एक गैर नाफामुलक सस्था हो जसले भरतपुर महानगरपालिका अन्तर्गत रहेर विभिन्न कार्य गर्दै आइरहेको छ। सरल नेपाल सस्थाले ग्रीन्सिफ्ट नेट जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलारिटि अन्तर्गत रहेर सरल नेपाल र रेस्टलेस डेभलपमेन्ट नेपाल बीच मिति माघ २३ (अगस्ट ३१) गतेसम्म ६ महिना अवधि भित्र सम्पन्न हुने गरि सम्झौता भएको थियो।

यस प्रोजेक्टको मुख्य योजनानै नेट जिरो कार्बन नेपाल रहेको छ। सरल नेपाल सस्थाले यसै प्रोजेक्ट अन्तर्गत आफ्नो पहिलो २ महत्वपूर्ण कार्यक्रम संचालन गरेको छ।पहिलो कार्यक्रम चैत्र २८ गते नमुना टोलका लागि स्थानिय समुदायसंग परामर्श कार्यक्रम हनुमाननगर स्कुलमा त्यसै टोलका स्थानियहरुको उपस्थितिमा भयो भने त्यस परामर्श कार्यक्रमबाट उक्त टोलमा रहेको भावना चोक देखि मास्टर चोक सम्म नमुना टोल बनाउने र त्यहा पर्ने १२०० मिटरको बाटोमा वृक्षारोपण, चित्रका आकृतिहरु, सचेतना झल्काउने होडिंग बोड, लगाएत नमुना टोल बनाउन आवश्यकता पर्ने हरेक काम गर्नुका साथै त्यहा बसोबास गर्ने महिलाहरुको लागि हस्तकला सम्बन्धि तालिम पनि संचालन गराइने मनिष पौडेलले बताउनु भयो।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य बिष्णु भुजेल, रेस्टलेस डेभलपमेन्ट नेपालकी कार्यक्रम प्रबन्धक संगीता महर्जन, क्रियसन नेपालका परियोजना सहयोगी महेन्द्र उप्रेती, मोनिका गुरुङ, दिप्रेन्द्र अधिकारि, रुपक घिमिरे लगाएत ३९ जनाको उपस्थिति रहेको थियो।
साथै सरल नेपालले नारायणी किनार सरसफाई अभियान पनि संचालन गरेको छ। नारायणी नदि सरसफाई चैत्र २९ गते भएको थियो। यस अभियानबाट ९० किलो फोहोर संकलन भएको र कार्यक्रमले पर्यावरणमा सकारात्मक परिवर्तन ल्याउनुका साथै व्यक्तिहरुमा परिवर्तनको बाटो डोराउने र युवाहरुको सहभागितालाई मजबुद बनाउने यस परियोजनाका संयोजक रुपक घिमिरेले जानकारी दिनु भयो । उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाको वातावरण शाखा प्रमुख बिसुराम कुवरको प्रमुख आतिथ्यता गर्नु भएको थियो भने रेस्टलेस डेभलपमेन्ट नेपालकि कार्यक्रम प्रबन्धक संगीता महर्जन, क्रियसन नेपालका परियोजना सहयोगी महेन्द्र उप्रेती, मोनिका गुरुङ, दिप्रेन्द्र अधिकारि, रुपक घिमिरे लगाएत ४५ जनाको उपस्थिति रहेको थियो ।


