चितवन-एस डि इभेन्ट्स एण्ड म्यानेजमेन्ट र मिसन रेड क्याम्पेनको आयोजनामा चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा अहीले सम्मकै भव्य कन्सर्ट हुने भएको छ। नेपाली नयाँ वर्षलाई स्वागत गर्दै वर्षको अन्तिम दिन (चैत्र ३१) हुने मिसन रेड न्यु ईयर फेस्टले नारायणी किनार गुन्जीदैं छ।
कन्सर्टमा मन्त्रा, कुटुम्ब, द एक्स , समिर श्रेष्ठ, केहर लिम्बु गरि ५ वटा ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ। सङ्गीतको मार्फतबाट देशभर देखिएको रगत अभाव हटाउन मिसन रेडले सांगीतिक कन्सर्ट गर्न लागेको हो।
Advertisement
कन्सर्टमा १५००० भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ। मिसन रेड न्यु ईयर फेस्टालाई सुगारिका केसी ( पुर्व मिस नेपाल) र जय प्रधानले होस्ट गर्ने छन्। कन्सर्टको तयारी तिब्र रुपमा भइरहेको समेत आयोजकले जनाएको छ।

