चितवन । विगत दुईदशक देखि परामर्श गर्दै आएको केआइइसी शैक्षिक परामर्श संस्थाले आज नारायणगढ लायन्सचोकमा मिट एण्ड ग्रीट कार्यक्रम राख्दैछ । केआइइसीका फाउण्डर सिइओ राजेन्द्र रिजाल र युके एण्ड क्यानडा हेड रवि कुमार दाहाल संँग यहांँका विद्यार्थी तथा अभिभावकहरुसंँग भेटघाट कार्यक्रम राखिएको हो ।
अध्ययन अध्यापनको लागि विदेश जान लागेका र तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै मिट एण्ड ग्रीट कार्यक्रम राखिएको चितवन शाखा प्रमुख अच्युत राज भट्टले जानकारी दिनुभयो । ‘अब आउने इन्टेकलाई लक्षित गर्दै सिधै कम्पनीका प्रतिनिधि संँग विद्यार्थी तथा अभिभावकले जिज्ञासा राख्न सक्नुहुनेछ , भट्टले भन्नुभयो, जसबाट विद्यार्थीले आफू जाने देशका कलासंस्कृति भाषा, ऐन कानुनका साथै युनिभर्सिर्टी तथा कलेजका बारेमा पनि विस्तृत जानकारी पाउन सक्नुहुनेछ ।’
विद्यार्थी तथा अभिभावकलाई यो अवसर नगुमाउन र सही परामर्श लिन समेत रिजालले आग्रह गर्नुभयो । मिट एण्ड ग्रीटको समय बिहान १० बजेदेखि अपरान्ह २ बजे सम्म संस्थाको लायन्सचोक स्थित आफ्नै कार्यालयमा राखिएको छ । केआइइसी संस्थाले देशका विभिन्न शहरहरुबाट अमेरिका, युके, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुका लागि परामर्श दिंदैं आएको छ ।

