• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

देवघाट महामहोत्सवमा ३० लाख भक्तजनको सहभागिता, अर्बौको कारोबार


चितवन। देवघाट महा-महोत्सव २०८१ को समापनपछि आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले महोत्सवको सम्पूर्ण आय-व्यय विवरण सार्वजनिक गरेको छ।

Advertisement

विश्व जागरण महाअभियान ट्रस्टका अधक्ष तथा महोत्सवका सत्संकल्पकर्ता इश्वर कृष्ण महाराज, नृसिंह धाम पीठाधीश्वर डा. श्रीवास कृष्ण दास ब्रह्मचारी र महामहोत्सव्का संयोजक डा. केशव राज भुर्तेलले महोत्सवमा भक्तजनहरूको उल्लेखनीय सहभागिता, आर्थिक संकलन, तथा सामाजिक योगदान बारे विस्तृत जानकारी गराउदै पत्रकारका प्रश्न हरुको उत्तर दिनुभयो ।

Advertisement

आयोजकका अनुसार, देशभरका करिब २८ देखि ३० लाख भक्तजन प्रत्यक्ष रूपमा महोत्सवमा सहभागी भएका थिए। देवघाट क्षेत्रभित्रका नौ वटा धार्मिक संघ-संस्थाहरूले बगर क्षेत्रमा पण्डाल तथा काउन्टर स्थापना गरी धार्मिक अनुष्ठान सञ्चालन गरेका थिए भने सम्पूर्ण आश्रमहरूले आफ्ना परिसरभित्रै आर्थिक संकलन गरेका थिए। यस महोत्सवबाट करिब ६० करोड रुपैयाँ बराबरको आर्थिक संकलन भएको अनुमान गरिएको छ।

सोहि अनुपातमा अनेक आश्रम तथा संघ संस्था हरुमा जिन्सी समेत संलग्न गरिनुका साथै, महोत्सव अवधिभर भक्तजनहरूले गरेको दान, होटल, यातायात, डुंगा सेवा, पार्किङ, अस्थायी स्टल, खाजा घर लगायतका क्षेत्रहरूमा करिब २ अर्ब रुपैयाँको कारोबार भएको आयोजकको प्रक्षेपण छ। विश्व जागरण महाअभियान ट्रस्ट को मातहतमा महामहोत्सव अवधिभर भक्तजनहरूबाट संकलित जिन्सी सामग्री करिब ७० लाख रुपैयाँ बराबर रहेको छ।

यी सामग्रीहरू देशभरका ३० भन्दा बढी गुरुकुल, अनाथालय, अपांग आश्रम, गौशाला तथा वृद्धाश्रमहरूसहित ५० भन्दा बढी धार्मिक तथा सामाजिक संस्थाहरूलाई वितरण गरिएको छ। महामहोत्सव सम्पन्न भएको केवल ५ दिन भित्र पत्रकार सम्मेलनमार्फत विश्व जागरण महाअभियान ट्रस्टले महोत्सवको सम्पूर्ण आय-व्यय विवरण सार्वजनिक गरेको छ। चार्टर्ड एकाउन्टेन्ट (सिए) टोलीको सहयोगमा तयार पारिएको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आयोजक समितिले संकलित सम्पूर्ण सहयोग निर्धारित शीर्षकहरूमा मात्र खर्च गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

संयोजक डा. भुर्तेलले “भक्तजनहरूको श्रद्धा र विश्वासलाई कुनै पनि प्रकारले प्रभावित हुन नदिने” प्रतिबद्धता व्यक्त गर्दै, महोत्सवबाट संकलित प्रत्येक रुपैयाँ पारदर्शी रूपमा व्यवस्थापन गरिने बताउनुभयो। साथै, सम्बन्धित निकाय तथा भक्तजनहरूलाई निरन्तर अनुगमन, निरीक्षण र खबरदारी गर्न आग्रह गर्नुभयो। महोत्सव अवधिभर देवघाट क्षेत्र विकास समिति, स्थानीय टोल विकास समिति, नगरपालिका, गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा सुरक्षा व्यवस्थापन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय तथा अन्य सुरक्षा निकायहरूको प्रत्यक्ष सहभागिताले महोत्सवलाई सुव्यवस्थित बनाएको आयोजकको निष्कर्ष छ।

देवघाट महामहोत्सव २०८१: पारदर्शी आर्थिक विवरण सार्वजनिक, करिव २४ करोड सेवाश्रम र दिव्यधाम निर्माणमा समर्पण आयोजक विश्व जागरण महाअभियान ट्रस्टका अनुसार महोत्सवका लागि देवघाट क्षेत्र विकास समितिबाट आधिकारिक अनुमतिपत्र प्राप्त गरी ३५०१ देखि ८०००० सम्मका रसिद छपाइ गरिएका थिए। तीमध्ये ३५०१ देखि ७४०३१ सम्मको ६७,८५९ वटा रसिद काटिएको छ। रसिदमार्फत संकलित रकम, बैंक क्युआर, चेक तथा दानबक्सबाट प्राप्त रकम गरी कुल २७ करोड ४५ लाख ५६ हजार ९८० रुपैयाँ महोत्सव अवधिमा संकलन भएको जानकारी दिइएको छ। महोत्सव सञ्चालनका लागि विभिन्न शीर्षकमा खर्च भएको विवरण पनि सार्वजनिक गरिएको छ।

महोत्सव अवधिमा पण्डाल व्यवस्थापन, साउण्ड सिस्टम, विशिष्ट व्यक्तित्वहरूको सम्मान, आवास तथा यातायात व्यवस्थापन, प्रचार-प्रसार लगायतका शीर्षकमा २ करोड ९१ लाख ७१ हजार ५८२ रुपैयाँ खर्च गरिएको छ। यसका अतिरिक्त, पुनः प्रयोग गर्न सकिने सामग्रीहरू खरिद तथा भौतिक संरचनाहरू निर्माण गर्न ४९ लाख ३० हजार ५२५ रुपैयाँ खर्च गरिएको छ।

सकल आय मा खर्च कटौतीपछि बचत रहेको २३ करोड ९७ लाख ९ हजार ८७३ रुपैयाँ देवघाट दिव्यधाम तथा मातापिता सेवाश्रम निर्माणका लागि समर्पित गरिने आयोजक ट्रस्टले जनाएको छ। आर्थिक पारदर्शिताका लागि चार्टर्ड एकाउन्टेन्टहरूको टोलीमार्फत लेखा परीक्षण गरिएको र सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरिएको आयोजकले स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापन समितिका पदाधिकारीहरूले महोत्सव सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, सुरक्षा निकाय, भक्तजन तथा संलग्न संघ-संस्था सबैलाई धन्यवाद ज्ञापन गर्दै संकलित रकमको पारदर्शी उपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजकहरूले महोत्सवमार्फत देवघाट क्षेत्रको धार्मिक तथा सामाजिक विकासलाई थप सशक्त बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै भविष्यमा पनि यस किसिमका आध्यात्मिक तथा सेवा मूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएका छन्।

संयोजक डा. भुर्तेलले महोत्सवलाई सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, संघ-संस्था, सुरक्षा निकाय, पत्रकार मित्र, भक्तजन र सबै सहयोगी मनहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ भव्य र व्यवस्थित रूपमा महामहोत्सव आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। देवघाट महामहोत्सव २०८१ ले धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै सामाजिक एवं आर्थिक क्षेत्रमै ठुलो प्रभाव पारेको देखिन्छ।

यसले हिन्दू धर्मको प्रचार-प्रसार, धार्मिक पर्यटनको प्रवर्द्धन, स्थानीय व्यापार प्रवाह तथा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएको छ। महोत्सव आयोजक समितिले भक्तजनहरूको निरन्तर साथ, समर्थन र आस्थालाई उच्च सम्मान गर्दै आगामी वर्षहरूमा यो अभियानलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.