• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हंस बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न: बाल प्रतिभा सम्मानित, पुस्तकालय उद्घाटन


भरतपुर, असोज २१ – हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सोमबार भरतपुर महानगरपालिका–२ स्थित तीनखोले गुम्बा परिसरमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै, हंस सहकारीले २१ वर्षको यात्रा पूरा गरेको स्मरण गराउँदै सहकारीको प्रगति र भविष्यप्रति आशावादी रहेको धारणा राखे। उनले सबैको सामूहिक प्रयासले मात्र सहकारीको विकास सम्भव भएकोमा जोड दिदै, आगामी दिनमा थप प्रगति र सेवा विस्तारमा केन्द्रित हुने प्रतिबद्धता जनाए।

कार्यक्रममा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहकारीको विगत, वर्तमान अवस्था र भावी योजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै संस्थाले ५,१४८ सेयर सदस्यहरूसँग सहकार्य गरिरहेको जानकारी गराए। उनका अनुसार संस्थाको कुल सम्पत्ति ८८ करोड ४८ लाख ४७ हजार पुगेको छ भने कुल निक्षेप ६५ करोड ४ लाख ७९ हजार, कुल लगानीमा रहेको ऋण ६५ करोड ५९ लाख ९६ हजार, संस्थाको चुक्ता शेयर पूँजी ९ करोड ९८ लाख १५ हजार, जगेडा कोष ६ करोड ७७ लाख ७२ हजार, सेयर लगानी २१ लाख ७७ हजार रहेको बताए।

Advertisement

कार्यवाहक सचिव प्रा. डा. होमनाथ सापकोटाले आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, सदस्यहरूको हितमा अगाडि बढ्नुपर्ने र सहकारीलाई नयाँ उचाइमा पुर्‍याउन सबको साथ आवश्यक रहेको उल्लेख गरे। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठले आ. व . २०८० / ८१ को मुनाफाबाट ९ प्रतिशत सेयर लाभांश वितरण गरिने जानकारी गराए। उनले आर्थिक वर्ष २०८०/८१ मा ३ करोड २ लाख २० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको जानकारी दिँदै, सेयर सदस्यहरूको लगानीबाट संस्थाले यो प्रतिफल आर्जन गर्न सफल भएको बताए। लेखा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौड्यालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै, सहकारीमा देखिएका ससाना कमजोरीहरूलाई सुधार्दै संस्था अझ बलियो बनि अगाडि बढ्नुपर्ने बताए।

Advertisement

साधारण सभामा संस्थाको शिक्षा उपसमितिको समन्वयमा ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित चितवन जिल्लास्तरीय बालकविता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने क्रमश : जानकी माविकी आकृति पराजुली, सिद्धार्थ स्कुल, नारायणगढकी ओजस्वी ढकाल, ओम शान्ति एकेडेमीकी सर्बानी गोदारका साथै, प्रोत्साहन पुरस्कार चितवन माविकी बन्दना कुमाल र राष्ट्रिय मावि, हात्तिबाङकी संगिता चेपाङलाई प्रदान गरिएको थियो।

यस अवसरमा सहकारीका सदस्यहरूलाई शैक्षिक तथा जानकारीमूलक पुस्तकहरू उपलब्ध गराउने उद्देश्यले संस्थाले हंस सहकारी पुस्तकालयको उद्घाटन पनि गरेको थियो। शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले संस्थालाई पुस्तकहरु हस्तान्तरण गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो। कार्यक्रममा अध्यक्ष चुकेले संस्थाको भावी योजनाहरूलाई सफल बनाउन सदस्यहरूको सक्रिय सहभागिता र निरन्तर प्रयास आवश्यक रहेको बताए। उनले सहकारीको सफल यात्रामा सबैको योगदानको महत्त्व उल्लेख गर्दै, आगामी दिनमा सहकारीलाई अझ सुदृढ र प्रगतिशील बनाउन सबैको साथ र सहयोग अपरिहार्य हुने बताए। यसअघि, असोज १९ गते टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रका इकाइगत सभाहरू सम्पन्न गरिएको जानकारी अध्यक्ष चुकेले दिए।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.