काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement


