बिरगंज – पर्सा
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले हिजो मात्र २५ लाख बराबरी को कुर्ता सुरुवाल बरामद गरेको छ । रिजाल आए देखि २० करोडौं बराबरको तस्करीका विभिन्न मालसामानहरु बरामद गरि भन्सार दाखिला गरेको छन ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति (डिएसपी ) सुरज रिजालले गुल्मको कमान्ड सम्भालेका दिन भित्रमा तस्करी र तस्करलाई निरुत्साहित गर्दै आफ्नो कार्यक्षेत्र भित्रका सिमानाकाबाट २० करोड बराबरको तस्करीका समान पक्राउ गरि बिरगंज भन्सार बुझाएका छन् ।
रिजाल आए देखि भन्सार राजस्व अभिबृदी पनि भएको छ भने तस्करी को काम पनि कम हुँदै गएको छ। कोठामा नबसि तल्लो दर्जा का कर्मचारी संगै ड्युटी गरेर बसिरहेका हुन्छन। सामान्य घरायसी सामान ल्याउदा आम नागरिक को समस्या पनि दुरुस्तै बुझेर समन्वय गरेर पर्सेली जनतालाई खुशी बाढ्न सफल भएकै छन । डिएसपी रिजालको कडा एक्सनले गर्दा केही तस्करहरु तस्करी गर्ने छोडेको तथा केहि तस्करहरु पलायन गरेको स्थानीयले बताउँछन्। सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ। उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको छ।
मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ प्रमुख रिजालले भने, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छौँ ।
म आफैले केही गर्न सक्ने होइन यहीँका पर्सा बासीले सहयोग गरेर मैले २० करोड राजस्व उठाउन सफल भएको हु… रिजाल बताउँछन् । म पछाडि को आउँछ त्यो म जान्दिन तर म बस्दा जिरो टोलरेन्स मा काम गर्ने हो..। मैले कानुन को दायरामा बसेर थिती बसाल्ने हो । मलाई सफल बनाउन यहाँहरु को अमुल्य दिन सधैं सम्झने छु उनी भन्छन । म पछाडि जो आए पनि चुनौती भन्दा नि काम गर्ने सक्ने अवसर सिर्जना गरिदिएको बताउँछन् डिएसपी रिजाल ।
डिएसपी रिजालको तस्करी नियन्त्रण कार्यले पर्साका तस्करहरु त्रसित भएका छन ।डिएसपी रिजालको कडा एक्सन तथा धमाधम छापामारीले गर्दा तस्करहरुको तस्करी गर्ने संजाल तहसनहस भएको नाम नखोल्ने सर्तमा एक जना कारोवारीले बताएका छन् तथा केहि तस्करहरु जिल्लाबाट पलायन गरेको उनले बताउँछन्।
एस पछाडि का प्रमुखले यो चुनौती सामना गर्न सक्लान…. उद्योगी तथा व्यापारी को मन मा प्रस्न प्रस्न उब्जिन थालेको छ ।

