बिरगंज – बिरगंज सामुदायिक आँखा अस्पताल तथा सामुदायिक प्रहरी साझेदारी सेवा केन्द्रको सहयोगमा आज आँखा शिविरको आयोजना गरिएको छ। वीरगन्ज वडा नं १२ मुर्लीमा बस्तीमा सो आँखा शिविरको आयोजना गरिएको छ ।

आँखा शिविर कार्यक्रमको अहिले आँखा सम्बन्धि समस्या बढ्दै गएकोले यस्ता शिविरको आयोजनाले स्थानीय जनतालाइ आँखा सम्बन्धि समस्या निराकरण गर्न ठूलो सहयोग गरेको बुझिन्छ ।मानव शरीरको महत्त्वपूर्ण अंग मध्ये आँखा पनि रहेको तथा यसलाइ हेरचाह गर्न आवस्यक रहेको छ ।
त्यस्तै आँखा शिविरमा डा.प्रभात चौरासीयाको टिमले बिरामीहरुको चेक जाच गरेका थिए जसमा जम्मा ८० जनाको आँखाको जाच गरिएको छ भने २२ जनालाई मोतियाबिन्दु देखिएको डा.प्रभात चौरसियाले बताउनु भयो ।

आज भएको उक्त शिविर कार्यक्रममा आँखा अस्पतालबाट डा. प्रभात चौरसिया, अप्सा खातुन, मुस्कान श्रेष्ठ, लागयतको स्थानीयहरुको विशेष उपस्थिति रहेको थियो।


