साउन १५ बिरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले आज भारतीय कुखुराको चल्ला पक्राउ गरेको छ । भन्सार छली गरि अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा सो कुखुराको चल्ला बरामद गरेको हो ।
बिशेष सुचनाको आधारमा बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ झौवा छठिया घाट बाट १३ कार्टुनमा १४०० गोटा चल्ला बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई देख्नासाथ तस्करहरुले कुखुराको चल्ला छाडी भागेको र चल्लाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको चल्ला बिहान ११ः३० बजेको समयमा पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया पर्सामा बुझाइएकोमा पर्सा प्रहरीले जनाएको छ ।
यसैगरी मगंलबार पर्सा प्रहरीले भारतीय मल समेत बरामद गरेको छ । पर्साबाट खटेकोे प्रहरीको टोलीले मंगलबार बिहान साढे १० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ माईदिया पोखरी स्थित एक घरबाट सो मल बरामद गरेको हो । अबैध तरिकाले भन्सार छली भण्डारण गरी राखिएको करिव २६ हजार मुल्य बारबरका भारतीय मल आवश्यक कारवाहीको लागि आज वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।


