बिरगंज – वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुर को पटेलनगरको बस्तीमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । आज (बिहिवार) बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत, सामुदायिक आँखा अस्पताल वीरगंजको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।
परवानीपुरबजारको बस्तीमा आयोजित स्वास्थ्य शिविरमा आँखा, को चेकजाँच तथा दबाई बितरण गरिएको सामुदायिक आँखा अस्पताल का महेश सिङ्ग धामीले बताउनु भयो । तल्लो समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको सामुदायिक आँखा अस्पताल वीरगंजका संयोजक महेशसिंह धामीले बताए ।
उनले आगामी दिनहरुमा पनि समाजका लागि स्वास्थ्य क्षेत्रमा काम गर्न बिरगंज सामुदायिक आँखा अस्पताल प्रतिबद्ध रहेको बताए । शिविरमा निसुल्क चस्मा तथा निसुल्क आँखा को अपरेसन पनि हुने मेडिकल संयोजक महेश सिङ्ग धामी बताउँछन। आँखा जस्तो संबेदनसिल चिज मा कसैलाई देख्न र हेर्न मिल्ने बनाउन पाँउदा आफू खुसी भएको अनुभव बताउँछन।
शिविरमा १४७ जनाले चेकजाँच गराएका थिए । त्यस मध्य २२ को मोतिबिन्दु पनि देखिएको संयोजक धामीले जानकारी दिए।
स्वास्थ्य शिविरमा वडा प्रहरी कार्यलय श्रीपुर को प्रहरी निरीक्षक धर्म जङ्ग थिङ्ग, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निता थापा, इलाका प्रहरी कार्यालय परवानीपुर का प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरु, लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, सामाजसेवी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

