बिरगंज – प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पाँच वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दामा संलग्न प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ज्यान सम्बन्धी कसूर मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ४० को समसोदिन मियाँलाई असार २८ गते पर्सा प्रहरीले लुकीछिपी बस्दै आएको अवस्थामा निजकै गाउँघरबाट पक्राउ गरेको जनाएको छ।
पर्सा प्रहरीका अनुसार मिति २०७६।०६।१९ गते साँझ ५:०० बजेको समयमा पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको आरोप समसोदिन मियाँ माथि छ।
उनकाअनुसार मियाँलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका समसोदिन मियाँलाई ज्यान सम्बन्धी कसूर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) कुमोध ढुंगेलले जानकारी दिए।

