असार २५ – मधेस प्रदेशका राजधानी जनकपुरमा कुस्ती प्रतियोगिता सम्पन्न भएको छ।नेपाल खेलकुद तथा समाज कल्याण मन्त्रालय को आयोजनामा सम्पन्न सो प्रतियोगिता असार २१,२२ र २३ तीन दिनसम्म चलेको थियो।
मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालको प्रमुख आतिथ्यमा तथा नेपाल कुस्ती संघको केन्द्रिय उपाध्यक्ष मुकेश साहको विशिष्ट आतिथ्यमा सम्पन्न सो कुस्तीको खेलमा बारा जिल्ला प्रथम ,पर्सा दोस्रो तथा सिराहा तेस्रो स्थान हासिल गरेको ब्यवस्थापन पक्षले जनाएको छ।
Advertisement

सो कुस्ती प्रतियोगितामा नेपाल कुस्ती संघका मधेस इन्चार्ज रमेश साह कानु ,पर्सा जिल्ला अध्यक्ष पिन्टु रौनियार ,पर्सा सचिव चन्दन रौनियार लगायत स्थानीय बुद्धिजीवी तथा संचारकर्मिहरुको उल्लेखनीय सहभागी रहेको थियोे ।


