बेलायतको आमचुनावमा विपक्षी दल लेबर पार्टी विजयी भएकाे छ । लेबर पार्टी एक्लैले बहुमतभन्दा बढी सिट हासिल गरेको बीबीसीले जनाएको छ ।
हिजो भएको चुनावमा जितका लागि तीन सय २६ सिट ल्याए पुग्नेमा पछिल्लो मत परिणामअनुसार लेबर पार्टीले चार सय चार सिट जितेको छ ।
Advertisement
छ सय ५० संसदीय सिटका लागि भएको यो चुनावमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले अहिलेसम्म एक सय ११ सिट जितेको छ । उसको लज्जास्पद हार भएको मानिएको बीबीसीले जनाएको छ ।
लेबर पार्टीका नेता किएर स्टार्मर प्रधानमन्त्री हुनुहुने भएको छ । योसँगै बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

