भारत, असार १९-
भारतको उत्तर प्रदेश हाथरसमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय २२ जना पुगेको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् ।
Advertisement
प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ गएका भक्तजनबीच कथा वाचन गर्ने बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


