वीरगञ्ज । वीरगञ्ज कलेजमा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न नेतृत्व विकास तालिम सम्पन्न भएको छ । बिबिएस प्रथम वर्ष अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै तालिमको आयोजना गरिएको कलेजका प्रबन्ध निर्देशक डा. दिपेन्द्र चौधरीले बताए ।
शनिवार वीरगञ्जको होटल भिष्वामा सम्पन्न तालिमको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ताले उद्घाटन गरेका थिए । कलेजका प्रबन्ध निर्देशक डा. चौधरीकै अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन गर्दै बरिष्ठ उद्योगी गुप्ताले विद्यार्थीको चौतर्फी विकासको थलो नै विद्यालय भएको बताए । नेतृत्व विकास अहिलेका युवामा नभईनहुने क्षमता भएको उनको भनाई छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

