सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले चैत ७ गते देखि जेठ २५ गतेसम्म ८ करोड बराबरको तस्करीका विभिन्न मालसामानहरु बरामद गरि भन्सार दाखिला गरेको छन ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति (डिएसपी ) सुरज रिजालले गुल्मको कमान्ड सम्भालेका दिन भित्रमा तस्करी र तस्करलाई निरुत्साहित गर्दै आफ्नो कार्यक्षेत्र भित्रका सिमानाकाबाट ८ करोड बराबरको तस्करीका समान पक्राउ गरि बिरगंज भन्सार बुझाएका छन् ।
रिजाल आए देखि भन्सार राजस्व अभिबृदी पनि भएको छ भने तस्करी को काम पनि कम हुँदै गएको छ। कोठामा नबसि तल्लो दर्जा का कर्मचारी संगै ड्युटी गरेर बसिरहेका हुन्छन। सामान्य घरायसी सामान ल्याउदा आम नागरिक को समस्या पनि दुरुस्तै बुझेर समन्वय गरेर पर्सेली जनतालाई खुशी बाढ्न सफल भएकै छन । डिएसपी रिजालको कडा एक्सनले गर्दा केही तस्करहरु तस्करी गर्ने छोडेको तथा केहि तस्करहरु पलायन गरेको स्थानीयले बताउँछन्। सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ। उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको छ।
‘मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ प्रमुख रिजालले भने, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छौँ ।
रिजाल आएको छोटो समयमै सफलता हासिल गर्दै उच्च मुल्यांकन का साथ सम्मानित पनि भएका थिए।उनको कमान्ड मा खटिने हरेक कर्मचारीलाई बिहान बिहानै हसाएर ड्युटी पठाउने गर्छन ।
त्यस्तै, रिजालकै कमान्डमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले चैत ७ गते देखि जेठ १४ गतेसम्ममा स्रोत नखुलेको हुन्डिको रकम १२ लाख ३९ हजार बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।यो ६८ दिन भित्रमा ६६ बोतल लागु औषध ओनेरेक्स सहित ४ जना महिलालाई पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको गुल्मले जानकारी गराएको थियो।


