• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

कहालीलाग्दो बाँदरमुढे घट्नालाई फर्केर हेर्दा


बि.स. २०२८ साल साउन २८ गते शुक्रबारका दिन बुवा कुलप्रसाद अधिकारी र आमा फुलमाया अधिकारीको कोखबाट जन्मनुभएका कृष्ण भनेर चिनिने माडी नगरपालिका ७ देबेन्द्रपुरका लेखनाथ अधिकारी तत्कालीन समयमा प्रशासनिक कामका लागि भरतपुर जानेक्रममा तत्कालीन नेकपा माओवादी पार्टीले राखेको बिद्युतिय धरापमा परी २ वटा खुट्टा ढाड र छातीको करङ्ग र हात भाँचिएको र हाल देब्रे खुट्टामा स्टिल राखेर अहिले सामान्य हिडडुल गर्दै आउनुभएको छ । र उहाँको अहिले पनि छातीको करङ्ग दायाँतिरको भित्र पसेको छ भने बायाँतिरको ३ वटा करङ्ग बाहिर निस्किएको छ । यसै समसामयिक बिषयबस्तुमा रहेर हाम्रा सहकर्मी अजित अधिकारीले बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष अधिकारीसंग गर्नुभएको कुराकानी

Advertisement

कहालीलाग्दो बाँदरमुढे घट्नालाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?
हृदयबिदारक घट्ना घटेको पनि आज १८ बर्ष पुगेर १९ बर्ष प्रवेश गरिसकेको छ । म त्यतिबेला प्रशासनिक कामको लागि भरतपुर जाँदै थिए । त्यहाँ पुग्दा बसको क्यारक्यार आवाज आइरहेको थियो । प्यासिन्जर सबैको अड्कल बसको बडी भागमा होला भन्ने रह्यो । आखिर त्यस्तो नभई एक्कासी ठुलो आवाजमा ड्वाम्म गरेको आवाज आएको मलाई थाहा नै भएन म बेहोस भएछु । पछि सुन्नमा आएअनुसार सिबिर ड्रेसमा ७ जना आर्मी रहेछन् । त्यस घट्नामा ७५ जना घाइते र ३९ जनाको मृत्यु भयो ।
घट्ना पश्चात् तपाईं बेहोस हुनुभयो र होसमा कति समयमा आउनुभयो ?
सुरुमा मलाई केहीपनि थाहा भएन, बाँदरमुढे घट्नास्थलबाट उपचारका लागि एम्बुलेन्समा र त्यहाँबाट काठमाडौंको छाउनी अस्पतालमा लगियो । म घाइते र अर्धचेत अबस्थामा भएको बिहान ९ बजेतिर थाहा भयो ।
थाहा भएपछि तपाईंलाई कस्तो भयो ?
म यस्तो भएको बिश्वास लागेन पत्रपत्रिका, रेडियो, टेलिभिजन र अखबारहरुमा सबैतिर मेरो बारेमा समाचार आउदा सम्मपनि बिश्वास लागेन र पछि बिस्तारै थाहा पाए ।
घट्ना भएपछि तपाईं बिरामी अबस्थामा हुँदा तपाईंलाई सबैभन्दा पहिला ककसले भेटे ?
मलाई सबैभन्दा पहिला अन्तराष्ट्रिय मानवअधिकारकर्मी, रेडक्रसकर्मी, पत्रकार र सबै सरोकारवालाहरुले भेटे ।
घट्नापश्चात् उपचारमा कोहीकसैले सहयोग गरे या गरेनन् ?
सुरुमा आफ्नै खर्चमा उपचार गरे, उपचार गर्दा सुरुमा छाउनी अस्पतालमा आर्मीहरुले २५ दिन सम्मको उपचारको ब्यबस्था मिलाए । त्यसपछि आफैले उपचार गरियो झन्डै त्यतिबेला ७ लाख रुपैयाँ खर्च भयो ।
सहयोग पाउनुभयो कि नाइँ ?
मैले एन्जियो आइन्जियोबाट ह्विलचियर, बैशाखी, र छोराछोरीलाई पढ्नको लागि केही पैसा राज्यबाट २०% (प्रतिशत) घाइते मुल्यांकन मार्फत ४० हजार पाएको थिए ।
घट्नापश्चात् तपाईंको भेट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेट भयो कि नाइँ ?
उहाँसंग जम्मा एक पटक चितवनको फुलबारीमा भेट भएको थियो । थुप्रै आश्वासन दिए तर कुनै पनि मुल्यांकन भएन । र उहाँ दुईपटकसम्म प्रधानमन्त्री बन्दा र यसै क्षेत्रको सांसद पनि हुनुहुन्छ । यो समयमा पनि उहाँले पीडितहरुलाई कयौं आश्वासन दिनुभयो । तर पनि पूरा गर्न सक्नुभएन र यो बीचमा माओवादी केन्द्रको म प्रति हेर्ने नजर पनि अलि फरक छ । जस्तोकी, उहाँ माडी आउदै गर्दा पहिले मेरो घरमा सुरक्षा फौजहरु वाइसीएलका कार्यकर्ताहरुले घर घेर्ने र अपमानित तवरले हेर्ने क्रम जारी छ । तपाईंले सोध्ने बित्तिकै मलाई याद आयो, घट्ना घटेको केही बर्षपछि माडीमा पहिलो पटक प्रथम माडी महोत्सव गरिएको थियो । त्यो समयमा कार्यक्रम उद्घाटन गर्न प्रचण्ड माडी आउने खबर थाहा पाएको थिए । म लगाएत हामी पीडित परिवारले आफ्नो पाराले कालो झण्डा देखाउन जानेक्रममा प्रहरी प्रशासनले भेट्न छ भनी कुराकानी गर्ने क्रममा मलाई ईप्रका बसन्तपुरमा ६ घण्टा हिरासतमा राखिएको थियो ।
त्यसपछि प्रचण्ड उद्घाटन सकेर के भनेर गए त, तपाईंहरुका लागि ?
उनले कार्यक्रम उद्घाटन गर्दै, बाँदरमुढे घाइते मृतक परिवार सबैलाई ६० लाख राहत प्याकेज घोषणा गरे । तर त्यो लागु गर्न उनले सकेनन् । उनी कयौं पटक प्रधानमन्त्री भए तर यो बारेमा उनले काम गरेनन् ।
अन्त्यमा जाँदाजाँदै के भन्नुहुन्छ ?
हामीलाई राज्यले नयाँ अबधारणा सहित राहत र प्याकेजका कार्यक्रमहरु ल्यायोस् आश्वासन दिनको लागि मात्र झुटा प्याकेज नआउन् । दोषीलाई कारबाही गरियोस् र अन्तमा बिद्युतिय धरापमा परि ज्यान गुमाउनु भएका सबैमा हार्दिक श्रद्धासुमन र घाइते भएका योद्धाहरु अझैपनि बिस्तारामा छटपटाईरहनुभएको छ । उहाँहरुलाई उपचारका लागि पहल गरियोस् । र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनुभएकोमा यहाँलाई धन्यवाद छ ?
मलाई पनि बिचार राख्ने अबसर दिनुभएकोमा यहाँलाई पनि धन्यवाद !

Advertisement

आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.