अपराधी र गुण्डा नाइकेहरुलाई तह लगाएर डनगिरीलाई नै समाप्त जस्तै पारेका डायनामिक व्यक्तित्व पर्सा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर आएदेखिनै धेरैको ओठ मुख सुकेको छ ।
प्रहरी उपरीक्षक ढुङ्गेल कति खेर कहाँ पुगेका हुन्छन , कुन चौकीमा पुगी चेक गरिरहेका हुन्छन , कुन प्रहरीको खल्ती चेक गरिरहेका हुन्छन कसैले पत्तो पाउँदैनन् । बर्सौदेखी तल्लदेखी माथीसम्म सेटिङ मिलाएर अबैध कारोबार गर्दै आएका कालाबजारीका गोदाममा छापा मारेर अबैध सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाउँछन् उन्कै युनिटका प्रहरीलाई सुइको पनि थाह हुदैन ।

अहिले बिरगंजसहित पर्सा जिल्लाका घुसखोर प्रहरी र कालाबजारी तस्करहरु प्रहरी उपरीक्षक ढुङ्गेल देखी त्रसित भएका छन । प्रहरी उपरीक्षक दुङ्गेल रातको समयमा पनि विश्राम नलिई एक्लै शान्ति सुरक्षा कायम गर्न निस्किने गरेका छन् ।
जिल्लाको सिमानाकामा शान्ति सुरक्षा कायम गर्न स्थापना गरिएको प्रहरी चौकी र प्रहरीको निरीक्षण , निगरानी र चेकजाँच आफै गई प्रहरी उपरीक्षक ढुंगेलले गरिरहेका छन् । गल्ति गरेको भेटिएमा तुरुन्तै कारवाही समेत गरिरहेका छन् ।

प्रहरी उपरीक्षक ढुङगेल पर्सा जिल्ला आएदेखि उनको काम प्रति निकटबाट निगरानी गरिएको थियो । सर्वसाधारणबाट सूचना सङ्कलन पनि गरिएको थियो । प्रहरी कर्मचारीहरुसङ्ग पनि बुझिएको थियो । अहिले उनले देखाएको कामको राम्रो रुपमा मुल्यांकन गरिएको छ ।
प्रहरी उपरीक्षक ढुङ्गेल पर्सा आएसँगै ठूलो अपराधी लगायत तस्करहरुको सञ्जाल नै तोडेका छन् । उनी आएसँगै आउँदा कल बाइपास गरी करोडौं करोडौको ठगी गर्ने चिनियाँ नागरिक सँगै उनीहरूले प्रयोग गर्ने पुरै यन्त्र नै नियन्त्रणमा लिई ठगी गिरोहको समाराज्य नै तोड्न सफल भएका छन ।
त्यसपछि प्रहरी उपरीक्षक ढुंगेलले गोप्य सूचनाका आधारमा भारतीय बजार रक्सौलबाट चोरी पैठारी गरी राजस्व छली गरी भित्र्याइएको करोडौं रुपैयाँ मूल्य बराबरको कपडा समेत छामामारी गरी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बुझाई तस्करीको साम्राज्य पनि तोडी राजस्व वृद्धिमा समेत सफल भएका छन ।
त्यस्तै प्रहरी उपरीक्षक ढुंगेलले नेपालमा आई भारतीय मोस्ट वान्टेडको क्रिमिनल बल्लु पासवानलाई समेत नियन्त्रणमा लिन सफल भएका छन । विभिन्न समयमा क्रिमिनल पासवानले भारतबाट विभिन्न समयमा आई नेपालमा हत्या गर्नुका लगायत लागुऔषध ब्राउन सुगरको समेत कारोबार गर्दै आइरहेका थिए ।
पासवानलाई नियन्त्रमा लिएसँगै नेपालीहरु खुसी हुँदै प्रहरी उपरीक्षक ढुंगेल प्रति आभार पनि प्रकट गरिरहेका छन । वर्षों देखि कोई कसैले पक्राउ गर्न नसकेका पासवानलाई प्रहरी उपरीक्षक ढुंगेलले मुठभेट गरी पासवानको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएका थिए ।
प्रहरी उपरीक्षक ढुंगेल पर्सामा आएको यति छोटो समयमा २० करोडौं सम्मको अवैध सरसमान नियन्त्रमा लिई भन्सार बुझाउनुको साथै विभिन्न मुद्दाको फरार प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भए । साथै खुल्ला सीमानाकाका कारण हुने अवैध हुण्डी कारोबार , तस्करी , जालि नोट लगायत दर्जनों अवैध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरी पर्सामा शान्ति सुरक्षा कायम गर्न सफल देखिएका छन् ।

