चितवन, जेठ २
भरतपुर १० मा रहेको शिशु फर्टीलिटी क्लिनिकले र्याली गर्दै पहिलो पटक विश्व परिवार दिवस मनाएको छ । मे १५ अर्थात् आज परेको विश्व परिवार दिवसको अवसरमा क्लिनिकले सन्देशमुलक र्याली गर्दै पहिलो पटक विश्व परिवार दिवस मनाएको हो ।
क्लिनिकको प्राङ्गणबाट सुरु भएको र्याली सप्तगण्डकी चोक, चौबिस्कोठी,हस्पिटल रोड हुँदै भरतपुर अस्पताल परिसरबाट क्लिनिकमा नै पुगेर सम्पन्न गरिएको छ । ‘नीः सन्तानपन यस यात्रामा तपाईं एक्लै हुनुहुन्न’ , ’जहाँ हुन्छ परिवारको साथ, त्यहाँ रित्तिँदैन कुनै दम्पतीको काख’,’ दिगो विकासका लागि हिंसा रहित समाजको निर्माण गरौं’ लगायतका प्ले कार्डसहित र्याली गरिएको थियो ।
शिशु फर्टीलिटी क्लिनिकका सञ्चालक चिरन ढकालले अहिले देशमा नै पारिवारिक हिंसा बढ्दो क्रममा रहेको हुँदा विश्व परिवार दिवसको अवसर पारेर मानिसमा जनचेतना फैलाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले परिवारको सद्भाव, माया, ममतामा विकृति फैलिँदै गएको बताउनुभयो । यस्ता विकृतिलाइ रोक्न र परिवारको महत्व बुझाउन सो कार्यक्रम गरिएको ढकालले बताउनुभयो ।
शिशु फर्टीलिटी क्लिनिकले र्याली गर्दै पहिलो पटक मनायो विश्व परिवार दिवस
शिशु फर्टीलिटी क्लिनिकले र्याली गर्दै पहिलो पटक मनायो विश्व परिवार दिवस
Advertisement
तपाईको प्रतिक्रिया

