भरतपुर ११ मा रहेको ज्ञानदर्शन इंग्लिश बोर्डिङ्ग स्कूलमा नमूना मतदान सम्पन्न भएको छ।
आज शुक्रबार विद्यालय क्याप्टेन, भाइस क्याप्टेन, विभिन्न सदन(रातो,हरियो,नीलो र पहेँलो)का क्याप्टेन, भाइस क्याप्टेन, जूनियर रेडक्रस सोसाइटीको अध्यक्ष, उपाध्यक्ष,सचिव, कोषाध्यक्ष, ईंग्लिश क्लब अध्यक्ष र उपाधयक्ष का लागि मतदान भएको हो।
नमूना मतदानमा कक्षा ६ देखि १० सम्मका ३१०विद्यार्थीहरुले मतदान गरेका थिए।
विद्यालयको विभिन्न कार्यक्रममा विद्यार्थीहरूको रचनात्मक उपस्थिति होस् र विद्यार्थीहरूको सफल नेतृत्वदायी भूमिकाले विद्यालयको हरेक क्रियाकलपहरूमा विद्यार्थीको साथ होस् भन्ने मुल उद्येश्यले नमूना मतदाता गरिएको विद्यालयका प्राचार्य मनिष घिमिरेले बताउनु भयो।
ज्ञानदर्शनमा २०७९ देखि निरन्तर रुपमा नमूना मतदान हुँदै आएको छ। यस्तो नमूना मतदान अभ्यासले विद्यार्थीहरूमा सकारात्मक ज्ञान को साथै सफल नेतृत्व चुन्ने क्षमताको विकास हुने विद्यालय इन्चार्ज विग्नेस अधिकारीले बताउनु भयो।
निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीहरू चिर्वाचन आयोगको कार्यालयबाट ल्याइएको हो। यसै वर्षबाट विद्यार्थीहरूको रचनात्मक प्रस्तुतीलाई प्रकाशन गर्ने गरी ज्ञानदर्शन कोपिला प्रकाशन हुने भएकाले उक्त प्रकाशनका लागि अध्यक्ष, उपाध्यक्ष्य र सम्पादकका लागि समेत निर्वाचन भएको थियो।
निर्वाचको मत गणना आजैबाट सुरु भएको छ र अन्तिम नतिजा आईतबार सम्म आउने विद्यालयका सामाजिक शिक्षक (मतदान अधिकृत) दीपेन्द्र लामिछानेले जानकारी गराउनु भयो।

