वीरगञ्ज । वीरगञ्जमा “द स्काइ भ्यू रूफटप लाउन्ज एन्ड बार” सञ्चालनमा आएको छ ।
वीरगञ्जको प्रमुख व्यापारिक केन्द्र आदर्शनगरस्थित आरबी कम्पलेक्समा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रेस्टुरेन्ट उद्घाटन गरेका हुन् ।
ठूलो भवनको छतबाट वीरगञ्ज सहरको मनमोहक दृश्य हेर्न सकिने सञ्चालक मुकेश प्रसाद कुर्मीले बताए । उनकाअनुसार रेस्टुरेन्टमा साङ्गीतिक वातावरणमा रमाउँदै विभिन्न प्रकारका स्वदेशी तथा विदेशी खानाका पारखीहरूलाई ध्यानमा राखेर “द स्काइ भ्यू रूफटप लाउन्ज एन्ड बार” रेस्टुराँ सञ्चालनमा ल्याइएको हो ।
“द स्काइ भ्यू रूफटप लाउन्ज एन्ड बार” रेस्टुराँमा चाइनिज, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको फरक–फरक स्वाद लिन पाइने सञ्चालक कुर्मीले बताए । भेज र ननभेज किचेन छुट्टाछुट्टै राख्नुका साथै नुन, मसाला लगायतका हरेक सामग्री फरक फरक राखिएको कुर्मीको भनाई छ ।

रेस्टुराँमा समय–समयमा लाइभ साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने सञ्चालक कुर्मीले जानकारी दिए । उद्घाटनका दिनदेखि एक सातासम्म रेस्टुराँमा विभिन्न प्रकारका अफरहरू पनि उपलब्ध रहने उनले बताए । सञ्चालक कुर्मीका अनुसार रेस्टुराँमा २० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

