पर्सा प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । प्रहरीको गोली लागेर काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् ।
काठमाडौँको गोठाटारमा झन्डै डेढ वर्ष अगाडि सर्लाहीका गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर रहेका पासवानलाई पर्सा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।
घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको पर्साका एसपी कुमोध ढुंगेलले बताए ।
पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको एसपी ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।
देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

