माघ २४, भरतपुर
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सवको अवसरमा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ।
गुणस्तरीय र प्रविधियुक्त शिक्षा: हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित यही माघ २५ गते देखि फाल्गुण २ गते सम्म स्वर्ण महोत्सव संचालन हुन लागेको हो।
कृष्णपुरको दीपेन्द्र चोकबाट सुरु भएको मोटरसाइकल र्याली वडा नं ७ का सम्पूर्ण टोलहरु समावेश हुने गरी भएको थियो। बिहान ९ बजे भएको उक्त र्यालीमा १०० भन्दा बढी मोटरसाइकल तथा स्कुटरहरुमा २०० जना भन्दा बढीको सहभागिता रहेको थियो।
त्यस्तै स्वर्ण महोत्सवको अवसरमा माघ २५ गते बिहान १०:३० मा शोभायात्रा हुने छ भने शोभायात्रा सकिए लगतै कार्यक्रमको समुद्घाटन रहने छ। विभिन्न कलाकारहरुको प्रस्तुति समेत रहने छ।
साथै माघ २६ गते देखि फाल्गुण २ गते सम्म प्रत्यक दिन चन्दादातालाई सम्मान, विभिन्न कलाकारहरु, आमा समूह र समुदायगत सांस्कृतिक प्रस्तुति र शुभकामना रहने छ।
फाल्गुण २ गते स्वर्ण महोत्सव सम्बन्धि कार्यक्रमहरु, कवाज प्रदर्शन, स्वागत मन्तव्य, प्र. अ. को प्रतिवेदन , सम्मान कार्यक्रमहरु, सांस्कृतिक कार्यक्रमहरु, जलपान र सभा विसर्जन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मणी काफ्लेले जानकारी दिनु भयो।


