सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
माघ १० बुधबार
मेष :- उद्योग व्यवसायमा फाइदा भएसँगै गरेका कार्यको उचित प्रतिफल प्राप्त हुने ।
वृष :- अरुको विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने यद्यपि बोलीले भने प्रभूत्व जमाउन सकिने ।
मिथुन :- लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाट भएसँगै कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।
कर्कट :- व्यवसायमा लगानी बढाउनुपर्ने साथै आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
सिंह :- आम्दानी बढेसँगै मनमा उत्साह थपिने साथै शुभ समाचारको प्राप्ति हुने ।
कन्या :- नयाँ कामको प्रस्ताव आउने साथै पहिलेको सफलताले हौसला थपिने ।
तुला :- आशा र आश्वासन बाँड्नेले नै झुक्याउने साथै पहिलेका सम्झौता तोडिने परिस्थिति निर्माण हुने ।
वृश्चिक :- गरिसकेका कार्यलाई पुनः दोहोर्याएर गर्नुपर्ने साथै न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने ।
धनु :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।
मकर :- दीर्घकालीन रुपमा फाइदा दिने कामको सुरुवात हुने साथै यत्रतत्र चर्चाको विषय बनिने ।
कुम्भ :- बौद्धिक क्षेत्र फराकिलो भएपनि नयाँ कार्य प्रारम्भका लागि केही समय धैर्य गर्नु नै श्रेयस्कर हुने ।
मीन :- अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव महसुस हुने साथै परिश्रम खेर जाने योग ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !


