सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
पुस २९ आइतबार
मेष :- मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने साथै शुभेच्छुक इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृष :- स्वास्थ्यस्थिति अनुकूल रहेपनि आँटेताकेका कार्यलाई गन्तव्यमा पुर्याउन कठिनाइ ।
मिथुन :- व्यापार व्यवसायमा अन्तुलनता देखापर्ने साथै आशा गरेको व्यक्ति , स्थानबाट काम नबन्ने ।
कर्कट :- अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने तथा अनावश्यक वादविवादमा फसिने सम्भावना ।
सिंह :- मनमा शान्ति तथा मुहारमा कान्ति छाउने साथै प्रारम्भित कार्यले अपेक्षाकृत् गति लिने ।
कन्या :- शत्रुपक्षको शक्ति क्रमशः क्षीण बन्दै जाने साथै आफूले गरेको कार्यले आत्मसन्तुष्टि दिने ।
तुला :- घरबाहिरको बसाइँका क्रममा अनेकन विघ्नबाधाको सामना गर्नुपर्ने साथै मनमा अशान्तिले डेरा जमाउने ।
वृश्चिक :- इच्छित खानाको उपभोग तथा पूर्व निर्धारित कार्यमा बाधा साथै मनमा अस्थिरता छाउने ।
धनु :- अारोग्यतामा थप वृद्धि आउने साथै मनमा खुशीयाली छाउने शुभ योग ।
मकर :- असन्तोषरुपि अनल ज्वालामा मन प्रज्वलित हुने साथै आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने ।
कुम्भ :- नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने साथै पारिवारिक साथ सहयोगले महत्त्वपूर्ण काम बन्ने ।
मीन :- सामाजिक मान सम्मानमा केही खलबल आउने साथै खर्चका बाटाहरु लम्बिएर जाने उच्च सम्भावना ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

