सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
पुस २६ बिहीबार
मेष :- आश्वासन दिनेहरुबाटै घातप्रतिघात हुने तथा पूर्व सम्झौता तोडिने प्रबल सम्भावना ।
वृष :- न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने साथै कार्य सफलताका लागि सोही काम पुन: दोहोर्याएर गर्नुपर्ने ।
मिथुन :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।
कर्कट :- परिश्रम अनुसारको नतिजा प्राप्त हुने साथै दीर्घकालीन फाइदाको कार्य प्रारम्भ हुने ।
सिंह :- नयाँ कार्यका लागि भने प्रतीक्षा गर्नु नै श्रेयस्कर हुने यद्यपि बौद्धिक क्षेत्र भने फराकिलो हुँदै जाने ।
कन्या :- परिस्थिति प्रायः प्रतिकूल बन्ने साथै अप्ठ्यारो स्थितिमा साथ दिने कोही नहुने ।
तुला :- उद्योग, व्यापार , व्यवसायबाट फाइदा हुने साथै गरेको कार्यको उचित प्रतिफल प्राप्त हुने ।
वृश्चिक :- अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिने साथै आर्थिक संकटको सामाना गर्नुपर्ने ।
धनु :- रचनात्मक कार्यको प्रारम्भ हुने साथै विछोडिएका आफन्तसँग पुनर्मिलनको शुभ योग ।
मकर :- व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउने साथै आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने ।
कुम्भ :- आम्दानी बढेसँगै मनमा उत्साह जाग्ने साथै कुनै शुभ समाचार सुन्न पाइने ।
मीन :- नयाँ काम वा रोजगारीको प्रस्ताव आउने साथै पहिलेको सफलताले हौसला बढ्ने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !


