• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

बजारीकरणको अभावमा लोप हुँदै गुन्द्री


अत्तरिया (कैलाली), पुस २२-

Advertisement

पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ ।

Advertisement

आजभोलि हातले बुनेका पटेराका गुन्द्री पाउनै मुस्किल छ । ओछ्याउन, बस्न, अन्न सुकाउनलगायत काममा प्रयोग हुने गुन्द्रीको प्रयोग कम हुँदै गएको छ । बजारमा कम मुल्यमा प्लाष्टिकका गुन्द्री पाइन थालेपछि बुनेका गुन्द्री बिक्न छाडेकाले स्थानीय बताउँछन् । बाबियो र जुटको तानमा पटेराको प्रयोग गरेर बनाइने गुन्द्री अहिले बिरलै देख्न पाइन्छन् । गाउँघरमा पक्की घर बनेसँगै घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दै गएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगर टोलकी ५० वर्षीया भाग्गीदेवी सार्कीले विगत लामो समयदेखि पटेरोको गुन्द्री बुन्दै आउनु भएको छ । उहाँले पहिले सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बिक्री गर्ने गरेको बताउनुभयो । आजभोलि कहिलेकाहीँ मौत्र बुन्ने गरेको उहाँको भनाइ थियो ।

पहिले गुन्द्री राम्रै बिक्री हुन्थ्यो । सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बेच्थ्यौँ । अहिले बिक्री हुँदैनन् । मेहनत पनि धेरै लाग्छ । त्यसैले कहिलेकाहीँ मात्रै गुन्द्री बुन्ने गर्छौँ”, सार्कीले भन्नुभयो, “यो गाउँमा पहिले करिब ६५ परिवारले गुन्द्री बुन्ने काम गर्नुहुन्थ्यो । अहिले चाररपाँच जनाले मात्रै बुन्छौँ ।” आजभोलि पटेरोको अभाव हुने भएकाले पनि गुन्द्री लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लागत धेरै लाग्ने र बिक्री गर्न समस्या हुने भएकाले गुन्द्री बुन्ने चलन कम हुँदै गएको सोही गाउँका वीरबहादुर सार्कीले बताउनुभयो । ७२ वर्षीय वीरबहादुरले पुख्र्यौली पेसा भएकाले पहिलेदेखि नै गुन्द्री बुन्ने काम गर्दै आएको बताउँदै अहिले यसको प्रयोग घटेसँगै कहिलेकाहीँ मात्रै बुन्ने गरेको सुनाउनुभयो ।

“यसमा लागत र समय धेरै लाग्छ । पटेरो किनेर ल्याउनुपर्छ । बजारमा प्लास्टिकका गुन्द्री सस्तोमा पाइन्छन् । यसको एउटा गुन्द्री किन्ने पैसाले दुई प्लाष्टिकका आउँछन् । बिक्री गर्नै समस्या छ”, वीरबहादुरले भन्नुभयो, ““यसको महत्व बुझेकाले अझै पनि किन्नुहुन्छ । न्यानो हुन्छ भन्नुहुन्छ । पक्कीघरमा यसको प्रयोग गर्दा फोहर हुन्छ भन्छन् किन्न मान्दैनन् ।” पहिले सिजनमा दुई सय ५० वटासम्म गुन्द्री बुन्ने गरेको भन्दै अहिले १५र२० मात्रै बुन्ने उहाँले जानकारी दिनुभयो । अहिलेका पुस्तामा गुन्द्री बुन्ने सीप नै नभएको वीरबहादुरको भनाइ थियो । उहाँले भन्नुभयो, “नयाँ पुस्तामा यसको सीप नै छैन । काम पनि झन्झटिलो छ । गुन्द्री बुन्नलाई दुई जना अनिवार्य चाहिन्छ । नयाँ पुस्ताले कसैले पनि यो काम गर्दैनन् ।”

पुख्र्यौली पेसा नयाँ पुस्तामा हस्तारण हुन नसक्नु, बजारमा पाइने प्लास्टिकका सामग्रीले रैथाने सामग्रीलाई विस्थापित गर्नुलगायत कारणले गुन्द्री बुन्ने पेसा लोप हुँदै गएको धनगढी–६ की वडा सदस्य रीता मगराती (सार्की)ले बताउनुभयो । “सीप हस्तारण हुन नसक्दा गाउँघरमा गुन्द्री बुन्ने चलन कम हुँदै गएको हो”, उहाँले भन्नुभयो, “बजारीकरणमा पनि समस्या छ । यसलाई समयानुकूल आधुनिकीकरण गर्न सकिएको छैन् ।” यसका लागि आवश्यक पर्ने पटेरोको उत्पादन बढाउन सके केही सहज हुने उहाँको भनाइ थियो । रासस

आइतबार, पुष २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ
विपन्नका लागि आम्दानीको स्रोत बन्दै काफल
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.