सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
पुस २२ आइतबार
मेष :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।
वृष :- परिश्रम अनुसार फल प्राप्त हुने साथै दीर्घकालीन रुपमा फाइदा हुने काम प्रारम्भ हुने ।
मिथुन :- बौद्धिक क्षेत्रमा प्रगति हुँदै गएपनि नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षारत रहनु नै श्रेयस्कर हुने ।
कर्कट :- अप्ठ्यारोमा साथ दिने आफन्त नै टाढिने साथै परिस्थिति प्रायः प्रतिकूल बन्ने ।
सिंह :- उद्योग व्यापारमा फाइदा हुने साथै गरेका कार्यबाट उचित प्रतिफल पाइने ।
कन्या :- अरुका विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने साथै मानसिक असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
तुला :- लामो समयदेखि टाढिएका आफन्तसँग पुनर्मिलन हुने साथै कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।
वृश्चिक :- व्यवसायमा लगानी बढाउनुपर्ने साथै आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी बहन गर्नुपर्ने ।
धनु :- आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने साथै शुभ समाचार सुन्न पाइने ।
मकर :- कुनै नयाँ कामको प्रस्ताव आउने साथै पहिलेको सफलताले मनमा हौसला बढ्ने ।
कुम्भ :- नयाँ कार्ययोजना तय हुने साथै लामो समयदेखि रोकिएका कार्य सुचारु हुने ।
मीन :- सोचेका कार्यलाई पुनः दोहोर्याएर गर्नुपर्ने साथै न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

