• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

उद्योग वाणिज्य संघ चितवनमा पहिलो पटक उपाध्यक्षमा महिला उम्मेदवार


भरतपुर,पुस २०-

Advertisement

उद्योग वाणिज्य संघचितवनको इतिहासमा नै पहिलोपटक उपाध्यक्ष पदमा महिलाको उम्मेदवारी परेको छ । संघको ५७ औँ वार्षिक साधारणसभा एवं अधिवेशनबाट हुने नयाँ नेतृत्वका लागि उपाध्यक्ष पदमा पहिलो पटक महिलाको उम्मेदवारी परेको हो ।

Advertisement

यही पुस २१ र २३ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्यतर्फको उपाध्यक्षमा व्यवसायी रजनी मास्केको उम्मेदवारी परेको हो । लगातार छ कार्यकाल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहनुभएकी मास्केले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो । “अघिल्लो कार्यसमितिमा उपाध्यक्ष बन्ने इच्छा जाहेर गरेको भए पनि विभिन्न कारणले पछि हटेँ” भरतपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “छ सय भन्दा बढी सदस्य रहेको संस्थामा महिलाको नेतृत्व हुनुपर्छ भनेर उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।”

उद्योग वाणिज्य संघ चितवनमा २५ सदस्य अधिवेशनबाट निर्वाचित हुने भए पनि सदस्यबाहेकका पदमा महिला सहभागिता शून्य भएकाले पनि उपाध्यक्षमा आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । “सबै सदस्यहरुलाई राम्रो गरेको छु, कसैलाई पनि नराम्रो गरेको छैन” उहाँले भन्नुभयो, “त्यही नै हो मेरो जित्ने आधार ।” २०४५ सालमा मास्के पुस्तक पसलबाट व्यवसायिक यात्रा सुरु गर्नुभएकी मास्के अहिले सरोजनी बुक हाउस तथा सरोज पुस्तक भण्डारको सञ्चालक हुनुहुन्छ ।

मास्के २०६८–७० मा उद्योग वाणिज्य संघका कार्यसमितिमा मनोनित सदस्य भएर प्रवेश गरेसँगै त्यसपछिका हरेक निर्वाचनमा निर्वाचित भएर कार्यसमितिमा रहनुभएको थियो । “मलाई ६ पटकसम्म संस्थापनले साथ दिएर कार्यसमिति सदस्य बनाएर लिएर गयो” उहाँले भन्नुभयो, “तर, यसपटक उपाध्यक्षमा चाहना राखेपछि म स्वतन्त्र उम्मेदवारको रुपमा उवासंघको चुनावी मैदानमा होमिएकी छु ।” आफू महिला भएकै कारण संस्थापनको तर्फबाट उपाध्यक्षमा अटाउन नसकेको मास्केको भनाइ छ ।
अबको कार्यकाल कार्यसमितिको उपाध्यक्षमा रहेर अझै संघको गरिमा बढाउने र उद्योगी व्यवसायीहरुको हितमा काम गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।

महिलाहरुलाई उद्यमी बनाएर आयआर्जनको बाटोमा अगाडि बढाउने आफ्नो इच्छा भएको भन्दै उहाँले आवश्यक तालिम, न्यून ब्याजमा बैंकबाट ऋणको व्यवस्था, महिला उद्यमीका उत्पादन बजारीकरणका लागि प्रभावकारी देखिएको कोसेली घरलाई अझ सशक्त बनाउनका लागि उम्मेदवारी दिएको बताउनुभयो । आफू निर्वाचित भएमा समग्र चितवन जिल्लाको सामाजिक, आर्थिक विकास तथा लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

व्यवसाय कर, घरबहाल कर, विज्ञापन करलगायतका कर, राजस्व तथा अन्तःशुल्क सम्बन्धी समस्या समाधानको लागि पहल गर्ने भन्दै उहाँले व्यवसायी सदस्यहरुसँग अन्तरक्रिया गरेर उनीहरुको आवश्यकता अनुसारका कार्यक्रम आयोजना गर्ने बताउनुभयो । संघमा वस्तुगत संघहरुको प्रतिनिधित्व वृद्धि गर्दै, वस्तुगत संघहरुको सचिवालय व्यवस्थापना गर्न पहल गर्ने उहाँको भनाइ छ । उद्यमशीलता अवधारणा अनुसार महिलाहरुले गर्ने उद्यमसम्बन्धी क्रियाकलापलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै उहाँले महिला उद्यमी तथा घरेलु, साना तथा लघुउद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती नदीमा छाडियो १३३ गोही
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.