रत्ननगर,मंसिर ३०- पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर -१५ मा अवस्थित शान्ती टोल बिकास संस्थामा नयाँ नेतृत्व चयन भएको छ। टोलको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका हुन।
त्यसगरी,संस्थाको उपाध्यक्षमा रमिला अर्याल ,सचिवमा सन्तोषी भुजेल,कोषाध्यक्षमा सीता ढकाल,सदस्यहरुमा चन्चला भट्ट,शंकर खनाल,बिन्दा ढकाल,बिमला ढकाल र बिन्दु रुम्बा चयन भएका छन। निवर्तमान अध्यक्ष रण बहादुर रानाको अध्यक्षता रहेको सो कार्यक्रममा वडाध्यक्ष आसिक तामाङ्ग प्रमुख अतिथिको रुपमा रहेका थिए।
Advertisement
६८ घरधुरी रहेको सो टोलमा विगत देखि नै विभिन्न सामाजिक कार्यहरु हुँदै आएको छ।

