सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
कार्तिक १५ बुधबार
मेष :- बोलीको ओजस्वी सकारात्मक प्रभाव बढ्ने साथै यत्रतत्र शुभ कर्मको चर्चा चल्ने ।
वृष :- कुनै उपयोगी सभा, समारोहमा सरिक हुने मौका मिल्ने साथै नयाँ ज्ञानार्जनका अवसर जुट्ने ।
मिथुन :- सामाजिक स्थानमा खलबल आउने उच्च सम्भावना साथै आत्मबलमा कमी आउने ।
कर्कट :- उचित समयमा उपयुक्त निर्णय लिन सकिने साथै अनायासै आर्थिक लाभको सम्भावना ।
सिंह :- विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग प्राप्त हुने साथै आम्दानीका नयाँ बाटाहरु खुल्ने ।
कन्या :- विगत लामो समयदेखि रोकिएका कार्य पुनः सुचारू हुने साथै नयाँ कार्ययोजना बन्ने ।
तुला :- मानसिक तथा शारीरिक आलस्यता बढ्ने साथै अन्तिममा पुगेर काम बिग्रिने उच्च सम्भावना ।
वृश्चिक :- कला साहित्य वा सङ्गीतमा रुचि बढ्ने साथै आशा गरेको ठाउँ वा व्यक्तिबाट राम्रो प्रतिक्रिया पाइने ।
धनु :- आफूले गरेको कार्यमा आत्मसन्तुष्टि हुने साथै विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने ।
मकर :- दैनिक मूल्य परिवर्तन भइरहने वस्तुमा गरेको लगानीले फाइदा नदिने साथै नजिकैको आफन्तबाट भने साथ हौसला प्राप्त हुने ।
कुम्भ :- वैचारिक मनमुटावले गहिरो रुप लिने साथै अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने ।
मीन :- धार्मिक कार्यहरुमा मन जाने साथै मनमा प्रसन्नता छाउने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

