सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
असोज १९ शुक्रबार
मेष :- कुनै धार्मिकस्थलको उपलब्धिमूलक भ्रमण हुने साथै सामाजिक कार्यमा जस पाइने ।
वृष :- बोली वचनको उच्च प्रभाव पर्ने साथै शुभ कर्मको यत्रतत्र चर्चा चल्ने ।
मिथुन :- सभा समारोहमा सरिक भइने साथै मान सम्मानमा वृद्धि हुने ।
कर्कट :- आत्मविश्वास तथा लगनशीलतामा केही कमी आउने साथै हीनताबोध महसुस हुने ।
सिंह :- कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने समय साथै अनायासै आर्थिक लाभको मौका जुर्ने ।
कन्या :- गरिरहेकोभन्दा बाहिरी कामबाट बढी मुनाफा हुने साथै साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाइने ।
तुला :- नयाँ कार्ययोजना तय हुने साथै रोकिएका कार्य पुनः सुचारू हुने ।
वृश्चिक :- मानसिक दिक्दारी तथा शारीरिक आलस्यता बढ्ने साथै अन्तिम अवस्थामा कार्य बिग्रिने ।
धनु :- आशा गरेको व्यक्ति स्थानबाट सकारात्मक प्रतिक्रिया पाइने साथै साहित्य कला खेलकुद जस्ता क्रियाकलापमा मन जाने ।
मकर :- आत्मसन्तुष्टि हुने कार्य सम्पन्न गरिने साथै खास व्यक्तिलाई घरमा अतिथिका रुपमा स्वागत गर्न पाइने ।
कुम्भ :- स्वजनबाट राम्रो साथ सहयोग हौसला पाए पनि आर्थिक लगानीका लागि प्रतिकूल समय ।
मीन :- वादविवादबाट टाढा नै रहेको उचित हुने साथै हक अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

