• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

नारायणी कला मन्दिरले रोपाइँ जात्रा निकाल्ने


चितवन, भदौं 
यस वर्ष पनि नारायणी कला मन्दिर नारायणगढले रोपाइँ जात्रा निकाल्ने भएको छ । यही भदौ २० गते बुधबार श्रीकृष्ण जन्माष्टमीको दिनलाई रोपाइँ जात्राको रुपमा मनाउन लागेको हो ।

Advertisement

धान रोप्ने काम सकिएको खुसीयालीमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीकै दिन रोपाइँ जात्रा मनाउने प्रचलन छ । यो वर्ष पनि चितवनको नारायणी कला मन्दिरले भव्यताका साथ रोपाइँ जात्रा मनाउन लागेको आइतबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
रोपाइँ सकेको उपलक्ष्यमा खुसीयाली मनाउँदै नाचगान गरेर यो पर्व मनाउने प्रचलन छ । यो जात्रामा धान रोपाइँमा धान रोपेझैं गरी नाच्ने र गाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिनलाई मुल दिन मानेर गाइजात्राबाट सुरु भएको यो जात्रा एकसाता सम्म चल्ने र कृष्ण अष्टमीको दिन विसर्जन गर्ने परम्परा छ ।
सुरुवाती समयमा नेवार समुदायले निकै धुमाधामका साथ मनाउने रोपाइँ जात्रा पछिल्लो समयमा नेवार समुदायलगायत अन्य समुदायको पनि बाक्लो उपस्थिति हुने गरेको नारायणी कला मन्दिरका पूर्व अध्यक्ष अमरदेव प्रधानले जानकारी दिए ।
नाटकीय शैलीमा प्रदर्शन गर्दै ठट्टा रमाइलो गर्दै मनोरञ्जन गर्ने अवसरको रुपमा रोपाइँ जात्रा मनाउने गरिएको नारायणी कला मन्दिरका पूर्व अध्यक्ष प्रभात कुमार जोशीले बताए । रोपाइँ जात्रामा व्याङ्गात्मक प्रस्तुती समेत हुने उनले बताए । ‘विगतदेखि नै नहरमाथि रोपाइँ गर्ने भनेर व्यङ्ग गरिन्थ्यो,’ उनले भने ‘रोपाइँ जात्रा सरकारलाई व्यङ्ग प्राहर गर्ने माध्यम समेत हो ।’ नेवार समुदायले व्यापार बढाउनका लागि समेत रोपाइँ जात्रा निकाल्ने गरेको उनले बताए ।
रोपाइँ जात्रामा भगवान राम, सिता सहितका विभिन्न भगवानमा सजिएका मानिसहरुको उपस्थिती रहने बताईएको छ । जात्राको मुल्यांकन समेत गरिने बताइएको छ ।
अहिले पहाडी क्षेत्रमा रोपाइँ जात्रा लोप हुँदै गएको छ । चितवनमा पनि हराउँदै जाने अवस्थामा रहेको जोशीले बताए । अहिले नारायणी कला मन्दिरले विभिन्न संघ सस्था र व्यक्तिको सहयोगबाट जात्रा निकाल्दै अएको छ । त्यो पनि विगत जस्तो उत्साहा नभएको जोशीको दावी छ ।
दैनिक जीवनमा भोग्दै आएको चिन्ता, असन्तोष र पीडालाई हस्यौली र ठट्यौलीका रुपमा पोख्न पाइने हुँदा रोपाइँ जात्राले जीवनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास रहेको रोपाइँ जात्रा संयोजक हरिकुमार राजभण्डारीले जानकारी दिए । रोपाइँ जात्रा खेतमा रोपाई सकेपछि क्वाँटी खाएर जीवनलाई नयाँ स्फुर्तिका साथ कृष्णअष्टमीको दिन मनाउने गरिन्छ ।

Advertisement

 

यस पटक नारायणी कला मन्दिरबाट निस्किने रोपाइँ जात्रा बालकुमारी स्कुल चोक, भृकुटीपथ, जोसिस चोक, मिलन रोड, लिलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेश चोक, प्रगतीपथ हुँदै बालकुमारी स्कुल चोक भएर नारायणी कला मन्दिर पुगेर समापन हुने संयोजक राजभण्डारीले जानकारी दिए जानकारी दिए ।

 

उनका अनुसार रोपाइ जात्रा दिउँसो ३ बजे निकालिने छ । त्यस अघि विहान आठ बजे सर्वसाधरणलाई जात्रामा सहभागी हुन आह्वान गर्नका लागि हो पाँचो हो निकालिने अध्यक्ष सुविर श्रेष्ठले जानकारी दिए । नारायणी कला मन्दिरले २०४८ सालदेखि नियमित रुपमा रोपाइ जात्रा निकाल्दै आएको छ । चितवनमा विगतमा घरघरबाट जात्रा निकालिन्थ्यो । पछि उद्योगसंघ चितवनले गर्दै आएको थियो । उद्योग संघ चितवनले जात्राको आयोजना गर्न छाडेपछि नारायणी कला मन्दिरले नियमित रुपमा गर्दै आएको छ ।

सोमबार, भदौ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण
भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.