• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

आफन्त नेपाल : नामजस्तै काम, सुनितासँग संवाद


मानवओसारपसार तथा मानव तस्करीका घटनाहरु पछिल्लो समय बढ्दै गएका छन् । बिहेको प्रलोभनदेखि आकर्षक तलबमा रोजगार दिनेसम्मका आश्वासनमा मानव बेचबिखनका घटनाहरु हुने गरेका छन् । हाम्रो जस्तो खुला सीमाना रहेको देशमा सहजै वारपार गर्न सकिने हुँदा देहव्यापार गर्नेहरुलाई यसले बढावा दिएको पाइन्छ । यस्तै गधिविधि रोकथाम एवम् नियन्त्रण गर्नका लागि विभिन्न संघसंस्था तथा संयन्त्रहरु प्नि बनाइएको छ । तिमध्ये आफन्त नेपाल पनि एक हो ।
सुनिल श्रेष्ठले आफन्त नेपालकी सुनिता सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश ।

Advertisement

वीरगञ्ज देशकै प्रमुख प्रवेशद्वार हो, अन्य क्षेत्रका तुलनामा यहाँ काम गर्दा के कस्ता चुनौतीको सामना गर्नुपरेको छ ?

Advertisement

सर्वप्रथम प्रश्नका लागि धन्यवाद, पक्कै पनि चुनौती त हरेक क्षेत्रमा हुन्छन् । तर चुनौती छन् भनेर चुप लागेर बस्न भएन । हामीले चुनौतीको सामना गर्दै आफ्नो कर्तव्यलाई जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्छ । अब रह्यो कुरा अन्य क्षेत्र र यहाँको अवस्था । तुलनात्मक रुपमा हेर्ने हो भने पक्कै पनि वीरगञ्जमा धेरै चुनौती छन् । सीमानाकाको निगरानीसँगै उद्धारका कामहरु गर्नुपर्ने हुन्छ । अरु ठाउँमा थोरै र मुस्किलले आवतजावत गर्नेहरु आउँथे भने यहाँ दिनहुँ सयौँ मानिस ओहोरदोहोर गर्छन् । त्यसमा पनि को मान्छे कुन उद्देश्यका साथ आवतजावत गरिरहेको छ भनेर पत्ता लगाउन कठीन छ । तर हामीले सकेसम्म सबैलाई सोध्ने र शंकास्पद देखिएको अवस्थामा अझै केरकार र सोधपुछ गर्ने गरेका छौँ ।

आफन्त नेपालले मानव बेचविखन र लैङ्गिक हिंसा सम्बन्धी के कस्ता कामहरु गरिरहेको छ ?

आफन्त नेपाल मानव बेचविखन र लैङ्गिक हिंसा अन्त्यको अभियानमा लामो समयदेखि काम गर्दै आईरहेको एक सामाजिक संस्था हो । यसले विशेष गरि पुर्वको झापादेखि पश्चिमको महेन्द्रनगरसम्म्का १० वटा जिल्लाका ११ वटा सिमा नाकाहरुमा रहि सिमा निगरानी, सुचना सम्प्रेषण, परामर्श, उद्दार, भारत लगायत अन्य मुलुकहरुबाट उद्दार तथा स्वदेशफिर्ति, पुनस्र्थापना केन्द्र, सुरक्षित आवास सेवा संचालन, सिप विकास तालिम र व्यवसायमा सहयोग, सामाजिक नेतृत्व विकास तालिम, समुदाय परिचालन र विकास, सचेतना, वकालत तथा पैरवी लगायतका कामहरु गरि आफनो सेवाहरु प्रदान गर्र्दै आईरहेको छ । जसमा जोखिममा रहेका महिला तथा किशोरीहरुलाई सवल र सक्षम बनाई उनीहरुको जीवन रुपान्तरणको लागि विशेष किसिमको भुमिका निर्वाह गर्दै आईरहेको छ ।

यही क्षेत्रमा काम गर्नका लागि माईती नेपाल भन्ने संस्था पनि हुँदाहुँदै फेरी आफन्त नेपालको आवश्यक्ता चाँही किन प-यो ?

यो प्रश्नको बारेमा तपाईले मात्रै हैन, धेरैले सोध्नुहुन्छ । र मलाई लाग्छ, यसका बारेमा मैले पनि स्पष्ट पार्न आवश्यक छ । खासमा माईती नेपाल र आफन्त नेपाल यि दुुवै संस्थाका लक्ष्य र उद्देशय समान छन् । दुवैले सामाजिक संस्थाको रुपमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छौँ । विशेष गरी मानव बेचविखन र लैङ्गिक हिंसाविरुद्दको अभियानमा काम गर्ने संघसंस्थाहरु माईती नेपाल र आफन्त नेपाल मात्रै नभएर अरु पनि धेरै छन् । सबै संस्थाको कामको प्रकृती फरक हुन सक्छन् । तर उद्देश्य भनेकै समाजमा हिंसा प्रभावित महिला तथा किशोरीहरुलाई विभिन्न सीप सिकाउने, व्यवसाय संचालन गर्न सक्ने अवस्थाको सृजना गरी स्वरोजगार बनाउने एवम् उनीहरुको नेतृत्व विकास गरि सवल र सक्षम बनाई जीवन रुपान्तरणका लागि पहल गर्ने लक्ष्य आफन्त नेपालको हो । नामले नै यसको कामलाई दर्शाएको छ । हामी पनि आफन्त नै हौ, आफन्तजस्तै व्यवहार गर्छाैँ ।

पछिल्लो परिस्थितीलाई नियाल्ने हो भने विवाहको प्रलोभनमा र रोजगारी दिने आश्वासनमा मानव बेचबिखनका घटना हुने गरेका छन् । यस्ता घटनालाई निर्मुल कसरी गर्न सकिएला ?

आफन्त नेपालको मुख्य नारा नै रुपान्तरित छोरी हो । जसमा हामीले विशेषगरि मानव बेचविखन र लैङ्गिक हिंसामा परेका र हिंसाको उच्च जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उनीहरुको जीवन परिवर्तनको लागि हरसम्भव प्रयास गर्छाै । सोही प्रयासअनुरुप हामीले चितवनको भरतपुरमा ६० जना बस्ने सक्ने गरी पुर्नस्थापना केन्द्र पनि सञ्चालन गरेका छौँ । जहाँ विभिन्न सीपहरु सिकाइन्छ । त्यही पुर्नस्थापना केन्द्रमा सिलाईकटाई, पार्लर, जेन्स हेयरकट तालिम, हाउस वाईरिङ्ग र ईलेक्ट्रिक तालिम, फास्टफुड तालिम (चनाचटपटे, पानीपुरी, दहि पुरी–ठेला व्यवसाय तालिम), निम्किन तथा मिठाई बनाउने तालिम, सामाजिक नेतृत्व विकास तालिम लगायत हाउस किपिङ्ग तथा व्यवसाय संचालन सम्बन्धि तालिमहरु सिकेर स्वरोजगारसमेत बनीसकेका थुप्रै उदाहरण छन् । जसले गर्दा हाम्रो नारालाई पनि सार्थक तुल्याइदिएको छ ।

हुन त देशभित्रभन्दा बाहिरको उद्धारमा पक्कै पनि असहज होला । यद्यपी हजुरको अनुभवअनुसार कस्ता चुनौतीको सामना गर्नुपरेको छ ?

तपाईले भने जस्तै आफ्नै देशभित्र समस्यामा परेका महिला एवम् युवती लगायत अन्यको उद्दार बाहिरको तुलनामा धेरै सहज हुन्छ । तथापी सीमा पारी अर्थात भारतबाट पनि उद्धार गर्न असहज भएपनि असम्भव भने पक्कै छैन । सिमा पारिबाट उद्धार गर्ने अधिकार हामीलाई छैन जसले गर्दा अवस्था असहज भइदिन्छ । तर पनि हामीले सिमा पारिका भारतीय प्रहरीसँग, भारतीय दुतावास, महिला आयोग, बाल कल्याण समिति, राजदुतावास लगायतका निकायसँग समन्वय गर्नुपर्ने हुन्छ । सीमा नजिकै भएको अवस्थामा भारतीय सुरक्षाकर्मीसँगको समन्वयले केहि सहज भएपनि अन्य स्थानबाट उद्धार गर्दा पूरा गर्नुपर्ने विधिन्न कानुनी प्रक्रिया झन्झटिलो छ । जसका कारण कतिपय कागजपत्रहरु नभएको अवस्थामा स्वदेश फिर्तिमा कठीनाई झेल्नुपर्ने हुन्छ । आफन्त नेपाल संस्था भारतको दिल्लीमा अवस्थित छ । जसले गर्दा त्यहाँको उद्धार प्रक्रिया पूरा गर्न केही हदसम्म सहज हुने गरेको छ ।

आफन्त नेपाल विरगञ्ज शाखाले गरेका स्मरणीय उद्धारका कामलाई कसरी स्मरण गर्नुहुन्छ ?

हुन त हामीले गर्ने हरेक काम हाम्रा लागि अति महत्वपूर्ण हुन् । अधिकांश अवस्थामा उस्ताउस्तै परिवेश हुन्छन् । तथापी केही उद्धारका काम हामीले चाहेर पनि बिर्सिन सक्दैनौ । केही उद्धारका कामलाई स्मरण गर्ने हो भने केही समय अघि मात्रै दोलखा, लमजुङ् र सिन्धुलीका महिला तथा किशोरीहरु ईनर्वा सीमा हुँदै कामको खोजीमा भारतको बेतिया जाँदै थिए । विभिन्न म्युजिक भिडियोमा साइड डान्सरको रुपमा काम गर्ने उनीहरुलाई एकजना दाईको साथीले भिडियोमा डान्स गर्न भनी वीरगञ्ज बोलाएको हामीले सोधपुछका क्रममा पत्ता लगायौँ ।

वीरगञ्ज बसपार्कमा ओर्लिएपछि वीरगञ्जमा नभएर भारतको बेतियामा डान्स गर्ने भनेर १० वटा कार्यक्रममा डान्स गर्दा ९० हजारसम्म कमाई हुने आश्वासनमा भारत जान लागेको अवस्थामा हामीलाई शंका लागेर सोधपुछ ग-यौँ । सोधपुछ गर्दा उनीहरुलाई टाँगामा चढाएर दुई जना युवक मोटरसाइकलमा पहिलै रक्सौल पुगेको खुल्यो । पछि हामीले उनीहरुलाई फोन गरेर तपाईका मान्छेलाई लिन आउनुहोस् भनेर फोन गर्दा हामी चिन्दैनौ भनेर प्रतिक्रिया दिएपछि ति महिला र किशोरीहरु ठगीन लागेको पुष्ठि भएको थियो । उहाँहरुले त्यो कुरा थाहा पाउदा झस्किनुभयो र हामीप्रति धेरै आभार पनि प्रकट गर्नुभयो । आर्केष्ट्रामा जाँदा धेरै महिला तथा किशोरीहरु यौनजन्य हिंसाको सिकार भएको हुदा उहाँहरुलाई त्यसबाट बचाएकोमा हामीलाई पनि खुशी लागेको त्यही नै पछिल्लो पल हो ।

यसका अलावा अरु कुनै अविस्मरणीय उद्धार, जुन अहिले हजुको मन र मस्तिष्कमा आइरहेको छ ?

मैले कहिलै पनि बिर्सिन नसक्ने उद्धारको एउटा घटना हजुरलाई पनि सुनाउन चाहन्छु । केही समय अघि एकजना विराटनगरकी २३ वर्षीय युवती हुनुहुन्थ्यो । जो ब्याचलर तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँका परिवारका सबै सदस्यहरु पनि शिक्षित एवम् आत्मनिर्भर हुनुहुन्थ्यो । आर्थिक अवस्था पनि सबल थियो । तर पनि स्न्याप च्याटमार्फत भारतको नोयडामा बस्ने व्यक्तिसँग प्रेममा परेपछि उहाँ छुट्टिनै नसकिने अवस्थामा पुग्नुभएको रहेछ । आफ्नो प्रेमीलाई भेट्नकै लागि उहाँले कलेजबाट एक साताको टुर (भ्रमण) छ भनेर आमासँग झुठ बोलेर १० हजार रुपैयाँ मागेर नेपालगञ्ज जाने भन्दै वीरगञ्ज पुग्नुभएको थियो । ईनर्वा सीमा नाका हुँदै नोयडा जान लागेको अवस्थामा हामीले उहाँलाई बोर्डरबाट संरक्षणमा लियौँ । पछि बुझ्दै जाँदा उहाँ जोखिममा भएको थाहा भएपछि हामीले उहाँको परिवारलाई खबर गरेर जिम्मा लगाएका थियौँ । त्यसैले बेरोजगार मात्रै नभएर प्रेम र विवाह जस्ता बहानामा पनि यस्ता घटना भइरहेका छन् ।

तपाईको बुझाईमा यसरी मानव बेचबिखन हुने घटना बढ्दै जानुको कारण के हो जस्तो लाग्छ ?

वर्तमान परिवेशमा नपढेका, नबुझेका व्यतिmहरु बिरलै छन् । अँझ भन्ने हो भने किशोरी एवम् महिलाहरु पनि धेरै जसो शिक्षितसँगै सचेत पनि छन् । अझ अहिलेको विज्ञान र प्रविधिको युगमा हातहातमै मोबाइल फोन छ । जसबाट संसारभरीका घटना परिघटनाहरुको बारेमा पनि अधिकांश व्यक्ति जानकार नै हुन्छन् । सामाजिक सञ्जाल धेरैले प्रयोग गर्नुहुन्छ । जुन सूचनाको स्रोत पनि बन्दै गएको अवस्थामा यस्ता घटनाको बारेमा अनभिज्ञ शायदै हुनुहोला । तर पनि मानिसका चाहना र आवश्यक्ताहरु परिपूर्ती गर्नका लागि आवश्यक पर्ने रोजगार तथा कामको उचित व्यवस्था नेपालमै नहुँदा कम मेहनतमा धेरै कमाउने प्रलोभनमा छिटै आकर्षित हुने गरेको तथ्य हामीले बुझ्यौँ ।

नेपालमै काम गर्न चाहनेले नपाउने अवस्थाको प्रत्यक्ष प्रभाव मानव बेचबिखन एवम् चेलीबेटी बेचबिखनमा पनि परीरहेको छ । शिक्षा मात्रै यस्ता घटनाको कारण हैन । शिक्षित बेरोजगारहरु नै यस्ता घटनामा बढी संलग्न भएको हामीले नै देखेका छौँ । तसर्थ सर्वप्रथम मानिसको मानसिकता परिवर्तन हुन आवश्यक छ भने छिटै कसैको लोभ एवम् प्रलोभनमा पर्न हुँदैन भनेर सानैदेखि आफ्ना सन्तानलाई सिकाउन पर्ने आजको आवश्यक्ता बनेको छ ।

भनेपछि तपाईको बुझाईमा अस्थिर राजनीति र सरकारकै कमजोरीका कारण यस्ता घटना हुने गरेका हुन् ?

तपाईको प्रश्नमा म पनि केही हदसम्म सहमत छु । तर यति मात्रै हैन । हुन त हरेक कुरा अन्तिममा जोडिने भनेकै सरकारसँग हो । हामीले अहिलेसम्म गरेको उद्धारका कामअन्र्तगत अधिकांशको साझा समस्या भनेकै महिलाहरु आत्मनिर्भर नहुनु देखिएको छ । फलस्वरुप सरकारले महिला सशतिmकरणका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउने एवम् महिला लक्षित सीपमुलक तालिमहरु सञ्चालन गर्नका लागि स्थानीय तहहरुले तदारुकता देखाउन आवश्यक छ । केही पालिकाले सीपमुलक तालिम सञ्चालन गरेपनि त्यसको उपलब्धी भने खासै हुन सकेको छैन । फलस्वरुप उपलब्धीमुलक एवम् परिणाममुखी क्षेत्रमा लगानी गर्नतर्फ स्थानीय तह केन्द्रीत हुनुपर्ने आवश्यक्ता खट्किएको छ ।

अन्त्यमा, काम गर्ने अरु संघ संस्था छन्, तपाईले आफन्त नेपाल नै रोज्नुको कारण जान्न सक्छु ?

मेरो परिवारसँगै साथिभाईहरुले पनि सुरुमा मैले आफन्त नेपालमा काम गर्दा राम्रो मानेनन् । पछि काम गर्दै जाँदा समस्यामा परेकाहरुको उद्धार गर्दा अहिले परिवार पनि खुशी हुनुहुन्छ । म त झन मेरै रोजाईका काम गर्न पाइरहेको छु । खुशी नहुने कारण नै छैन । यहाँ काम गर्ने क्रममा मैले धेरै कुरा सिक्न पनि पाएँ । हिंसामा परेका र समस्यामा परेका महिला तथा किशोरीहरुलाई परामर्श गर्नुका साथै उद्धार गर्ने र उनीहरुको पक्षमा वकालत गर्दा धेरै खुशी लाग्छ । अझ उनीहरुको सफल उद्धार पछि जुन रुपमा हामीलाई हेर्नुहुन्छ, त्यो आत्मसन्तुष्टी शब्दमा व्यक्त गर्न सक्दिन ।

सोमबार, असार ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.