पुस २९ , भरतपुर ।
चलचित्र पत्रकार संघ नेपाल चितवनको अध्यक्षमा गोविन्द अर्याल सर्वसम्मत चयन भएका छन् । अर्याल चितवन पोष्ट दैनिकका प्रवन्ध निर्देशक हुन् ।चितवन शाखाको ८ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement
समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका छन् ।यस्तै सदस्यहरुमा मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा चयन भएका छन् ।

यस्तै अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको निर्वतमान अध्यक्ष रवि अधिकारीले जानकारी दिए । केन्द्रिय प्रतिनिधि देउजा कपुरबोटकर्मी हुन् । निर्वतमान अध्यक्ष अधिकारीले तिन कार्यकाल संघको नेतृत्व लिएका थिए ।

