• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको तयारी तीव्र


पौष २८ ,चितवन लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा स्थापित र संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य(शठकोप) जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायतका नेपालका प्रमुख आचार्य, सन्त, महात्मा, विद्वान् , विचारकहरू समेतको यथासमय संरक्षण, मार्गनिर्देशन ,आशीर्वचन तथा पीठाधीश स्वामी जगन्नाथाचार्यको शुभ संकल्पमा माघ २१ देखि फागुन ६ गतेसम्म हुने श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्यासंरक्षण महायज्ञ महोत्सव २०७९ को तयारी कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।

Advertisement

गुरुकुल परिसरमा आज बसेको भेलामा झन्डै ४२ लाख रकम बोलकबोल भएको छ। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सनातन धर्मसंस्कृति , राष्ट्रियताको रक्षाका लागि गुरुकुल बचाउनुपर्ने आवश्यकता औंल्याउँदै सहयोगका लागि आह्वान गरेका थिए। गुरुकुलका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्यको पावन सान्निध्य तथा विश्व जागरण महाअभियानका संस्थापक तथा महायज्ञका निर्देशक ईश्वरकृष्ण महाराजको समुपस्थितिमा भएको भेलामा बेलायतका लागि नेपाल सरकारका पर्यटन सद्भावना दूत सोम सापकोटा , गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा , महायज्ञ सम्पादन मूलसमितिका संयोजक तुलसीराम सापकोटा ,सह- संयोजक टीकाराम कंडेल ,चेतनारायण सापकोटा , सीता गौतम,विष्णु सापकोटा ,फूलनाथ निउरे, पवित्रा सापकोटा, सचिव रामचन्द्र सापकोटा , सह- सचिव डा. लक्ष्मीनाथ कंडेल ,माधव सापकोटा , लक्ष्मी रिजाल सापकोटा , कोषाध्यक्ष रामप्रसाद कंडेल , सह- कोषाध्यक्ष कुलनाथ कंडेल , सदस्यहरू भूपतिदास सापकोटा , हरिप्रसाद आचार्य , भागीरथ कंडेल , ईश्वरीप्रसाद कंडेल ,कृष्णप्रपन्न गौतम,हीरामणि खराल, हरिप्रपन्न कंडेल , गोकर्णनिवास त्रिपाठी, राधादेवी कंडेल ,भानुभक्त कंडेल ,मातृशक्ति परिचालन उपसमितिका संयोजक गङ्गा सापकोटा , युवा परिचालन संयोजक हरीश कंडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा विश्व जागरण महा अभियानका तर्फबाट उपलब्ध गराइएको न्यानो कपड़ा ईश्वरकृष्ण महाराजले गुरुकुलका शिक्षक तथा विद्यार्थीहरूलाई वितरण गर्नुभएको थियो।

Advertisement

महायज्ञको प्रथम चरण माघ २२ देखि २८ सम्म्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले भगवान् राम-कृष्ण चरित्रमा आधारित प्रवचन गर्ने आयोजकले जनाएको छ। महायज्ञको पहिलो दिन माघ २१ गते बिहान १० बजेदेखि लीला- झाँकीसहित विशाल शोभायात्रा एवम् उद्घाटन हुने तथा माघ २२ देखि फागुन ६ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म चार वेद, अठार पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण , विशेष पूजा, अर्चना, हवन, बिहान ११ बजेदेखि २ बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय श्रीरामकृष्णचरितामृत कथा-प्रवचन,दाता सम्मान,

दिउसो २ बजेदेखि ४:३० बजेसम्म विशिष्ट आचार्य , विद्वान् विचारकहरूबाट प्रवचन , बेलुका ४ :३० बजेदेखि ५:३० बजेसम्म आरती, तीर्थ-प्रसाद वितरण, साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिकभजन,लीला- झाँकी तथा नाटक प्रदर्शन हुने सो कार्यक्रममा सहभागी हुन समस्त वैदिक विद्याप्रेमी भक्तजनहरूलाई आयोजक समितिले आह्वान गरेको छ।२०४४ सालमा स्थापना भएको हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुने सो गुरुकुलमा देशका विभिन्न स्थानबाट आएका ५५ जना विद्यार्थीहरू अध्ययन गरिरहेको महायज्ञ सम्पादन मूलसमितिका संयोजक तथा गुरुकुल संचालक समितिका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो।

बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.