चितवन – चितवनमा लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चुनावी सभा गर्ने भएको छ । भरतपुर महानगरपालिका १० स्थित गेष्ट हाउस चौरमा हुने सभालाई गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् ।
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
Advertisement
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको छ ।


